बोलेरो दुर्घटनामा एकको मृत्यु, १५ घाइते

स्काई न्यूज /माघ २१, सुर्खेत ।
सुर्खेतको वीरेन्द्रनगर–१४, फेदखोलामा मंगलबार बोलेरो जीप दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने १५ जना घाईते भएका छन् । मृत्यु हुनेमा बराहताल गाउँपालिका–९, का ७४ वर्षीय दशरथ शाही रहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायव उपरीक्षक (डिएसपी) रवि रावलले जानकारी दिए । उनका अनुसार घाइतेहरुको उद्दारपछि प्रदेश अस्पताल कालागाउँसँगै केही निजी अस्पतालहरुमा उपचार भईरहेको छ ।

घाइते हुनेहरुमा पूर्णिमा सुनार, रेविका सुनार, गौरी शाही, टोपेन्द्र मगर, एलिसा सुनार, करिस्मा सुनार, मोहनसिंह पुलामी, सिर्जना थापा, सुन्नु सुनार, तेजेन्द्र रोकाया, तुलबहादुर सुनार, कल्पना ठाकुर र अमृता सुनार रहेको प्रहरीले बताएको छ । स्थानीय खाराबाट सदरमुकाम वीरेन्द्रनगरतर्फ आउँदै गरेको कर्णाली प्रदेश १५–००१–ज–००१५ नम्बरको बोलेरो जीप दुर्घटना भई सडकबाट करिब १५ मिटर तल खसेको थियो ।

Translate »