भ्रमण वर्ष सफल बनाउने सेनाको उद्घोष

उत्पादनमुलक कार्यमा जोडिँदै

स्काई न्यूज /माघ १३, सुर्खेत ।
प्रधानसेनापति महारथी पूर्णचन्द्र थापाले भ्रमण वर्ष २०२० सफल बनाउन सेनाले सहयोग गर्ने बताएका छन् । भूतपूर्व सैनिक सम्मेलनलाई सोमबार वीरेन्द्रनगरमा सम्बोधन गर्दै महारथी थापाले ऐतिहासिक धार्मिक स्थलहरुको संरक्षण, सम्वद्र्धन तथा पुर्ननिर्माणमासेना परिचालन गरिने जानकारी दिए ।

‘कतिपय ऐतिहासिक धार्मिक स्थलको पुर्ननिर्माण गरि युद्ध संग्राहलय निर्माणको काम समेत शुरु भइसकेको छ,’ उनले भने, ‘सरकारले अघि सारेको भम्रण वर्षलाई थप प्रभावकारी बनाउन सेनाले पुर्ननिर्माणको काममा तीव्रता दिएको छ ।’

उनले देशका ७७ जिल्लामै रहेका धार्मिक तथा सांस्कृतिक स्थलहरुको संरक्षण तथा सम्वद्र्धनमा सेनाको योगदान पु¥याइ रहेको जनाए । उनका अनुसार देशको समृद्धिका लागि पर्यटनको विकासका लागि सेना सहकार्य गर्न आतुर छ । ‘अवकास पछिको जीवनलाई थप चलाएमान बनाउँदै सामाजिक तथा आर्थिक हैसियत उकास्न हाम्रो ध्यान पूर्व सैनिकप्रति केन्द्रित छ,’ ‘प्रधानसेनापति थापाले भने, ‘सैनिक कल्याणकारी कोषबाट पूर्व तथा बहालवाला सैनिकलाई प्रत्यक्ष लाभ पुग्नेगरि अल्पकालिन, मध्यमकालिन र दीर्घकालीन योजनाहरु ल्याएका छौं ।’ उनले एक करोडबाट शुरु भएको सैनिक कल्याणकारी कोषमा हाल ४४ अर्ब पुगेको जनाए । उनका अनुसार कोषले २१ करोड ७४ लाख कर्जा सिफारिस गरिसकेको छ । अवकास प्राप्त सैनिकहरुको सेवा र समर्पणको यथोचित सम्मान गर्दै उनले कोषको २० प्रतिशत कर्जा भूतपूर्व र बहालवाला सेनाहरुलाई सहुलियत दरमा उपलव्ध गराईएको जानकारी दिए । व्यवसायको प्रकृतिका हेरेर १ लाखदेखि ७ लाख रुपैयाँसम्मको कर्जा उपलव्ध गराउँदै आएको उनको भनाइ थियो ।

‘उत्पादनमुलक कार्यमा जोडिएका बहालवाला एवं पूर्व सैनिक तथा उनका परिवारजनहरुले उत्पादन गरेका वस्तुहरुको बजारिकरण गर्न हामी अध्ययन गरिरहेका छौं,’ उनले भने, ‘अवकासपछि पनि आर्थिक आयआर्जनबाट परिवारलाई टेवा पु¥याउन स्वरोजगार कार्यक्रमलाई थप प्रभावकारी बनाइनेछ ।’ उनले सेनासँग जुडेका मान्छेलाई सहुलियतपूर्ण उपभोग्य सामाग्री सहज तथा सुपथ मूल्यमा उपलब्ध गराउन चालु आर्थिक वर्षदेखि नै देशका विभिन्न पायक पर्ने स्थानमा क्यान्टिन खोल्न लागिएको जानकारी दिए । उनका अनुसार वित्तिय संस्थाहरुको सहयोगमा सैनिकका लागि ल्याईएको लघुवित्त कार्यक्रममा ८ लाख हितकारी संलग्न रहेका छन् ।

उनले सैनिकका सन्ततीका लागि ५ प्रतिशत व्याजदरमा २५ लाख रुपैयाँको शैक्षिक कर्जा समेत उपलब्ध गराईएको बताए । ‘छोटो अवधिका प्राविधिक तालिमसँगै महिला उद्यमशिलता कर्जा कार्यक्रम समेत ल्याएका छौं,’ उनले भने, ‘त्यसबाट बहालवाला एवं भूतपूर्व सैनिक, तिनका परिवार, एकल महिलाको आर्थिक अवस्था उकास्न पाँच वर्षको भुक्तानी अवधिमा १५ लाखसम्म ऋण उपलव्ध गराएका छौं ।’ उनले कृषि उत्पादकत्व बृद्धिसँगै विभिन्न स्वरोजगार कार्यक्रममा संलग्न हुन पूर्व सैनिकलाई आव्हान समेत गरे । सम्मेलनमा सुर्खेत, दैलेख, जाजरकोट, जुम्ला, मुगु, कालिकोट र डोल्पाका भूतपूर्व सैनिकहरुको सहभागिता रहेको थियो ।

सम्मेलनमा प्रधानसेनापतिले नेपाली सेना कल्याणकारी बोर्ड र नेपाल ईन्भेष्टमेण्ट बैंकको सहकार्यमा सञ्चालित लघुवित्त कार्यक्रमका ऋणीहरुलाई चेक हस्तान्तरण तथा सर्वोत्कृष्ट व्यवसायीहरुलाई प्रशंसापत्र एवम् पुरस्कारसँगै चारभन्दा बढी सन्ततीलाई सेनामा प्रवेश गराउन प्रेरित गर्ने अभिभावकहरुलाई समेत सम्मान गरेका थिए । कार्यक्रममा कर्णाली प्रदेशको प्रतिनिधित्व हुने गरि विभिन्न जिल्लाहरुका झाँकी प्रदर्शनीसँग, सांस्कृतिक तथा मार्शलआर्टका विभिन्न कलाहरु प्रर्दशन गरिएको थियो । कार्यक्रम पश्चात प्रधानसेनापति महारथी थापाले सम्मेलनमा सहभागीहरुसँग भेटघाट गर्नुका साथै जिल्ला, प्रदेश तथा एकल महिलाको प्रतिनिधित्व हुने गरी सम्मलेनका सहभागीहरुसँग सामुहिक छलफल तथा अन्तरक्रिया समेत गरे । कार्यक्रममा नेपाली सेनाका रथीवृन्दहरु, कल्याणकारी बोर्डका प्रमुख कार्यकारी अधिकृत, जिल्ला सुरक्षा समितिका पदाधिकारी, रक्षा मन्त्रालयका प्रतिनिधि, जिल्लास्थित विभिन्न कार्यालयका प्रमुखहरु, बहालवाला एवम् अवकास प्राप्त सैनिक तथा परिवारहरु एवं पत्रकारको उल्लेख्य उपस्थिति रहेको थियो ।

Translate »