सुर्खेतमा कर्णाली उत्सव हुँदै

स्काई न्यूज /माघ १०, सुर्खेत ।
‘कुडा कर्णालीका’ भन्ने मुल नाराका साथ सुर्खेतमा कर्णाली उत्सव हुने भएको छ । कर्णालीलाई बहसमार्फत देशभर चिनाउने उद्देश्यले पहिलोपटक राजधानी सुर्खेतमा फागुन दोस्रो सातामा ३ दिन कार्यक्रम सञ्चालन गर्न लागिएको आइतबार वीरेन्द्रनगरमा आयोजित पत्रकार सम्म्मेलनान आयोजक ऋति फाउण्डेसनले जानकारी दिएको हो । ऋति फाउण्डेसनका अध्यक्ष कमलराज लम्सालले प्रदेशका राजनीतिक, आर्थिक, सामाजिक, कला, साहित्य, दर्शन लगायतका विभिन्न विधामा विमर्श र बहस गरिने जनाए ।

उनका अनुसार कार्यक्रममा कर्णालीमै रहेका, कर्णालीकै बासिन्दा, कर्णालीभन्दा बाहिर रहेका कर्णालीलाई राम्रोसंग बुझेका बौद्धिक व्यक्तित्वहरुको सहभागिता रहनेछ । कार्यक्रममा चर्चित लेखक, साहित्यकार, बौद्धिक वर्ग तथा साहित्यअनुरागी वीच जमघट तथा बहस गराउने उद्देश्य रहेको लम्सालले जानकारी दिए । ‘उत्सवले कर्णालीको वास्तविकताका बारे बहसका साथै यहाँको सामाजिक, आर्थिक सम्भावनाहरुको खोजी, पर्यटन प्रवद्र्धनमा सहयोग पु¥याउँछ,’ उनले भने, ‘कर्णालीको वास्तविकतालाई बाहिर ल्याउनुका साथै देशकै ध्यान कर्णालीमा तान्न हामीले यो उत्सवको आयोजना गरेका हौं ।’ पत्रकार सम्मेलनमा उत्सव तयारी समूहका सल्लाहकार तथा कर्णाली प्रदेश सरकारका प्रमुख सचिव केवलप्रसाद भण्डारीले कर्णालीलाई चिनाउन उत्सवले थप सहयोग पुग्ने बताए ।

Translate »