इत्राममा निःशुल्क स्वास्थ्य शिविर

३०२ जना लाभान्वित

स्काई न्यूज /माघ ११, सुर्खेत ।
शुभकामना पोलिक्लिनिक एण्ड म्याटरनिटी सेन्टर मंगलगढीचोकले नेपाल रेडक्रस सोसाईटी इत्राम उपशाखाको समन्वयमा निःशुल्क स्वास्थ्य शिविर आयोजना गरेको छ । शुभकामनाले सामाजिक उत्तरदायित्व अन्तर्गत रेडक्रसको समन्वयमा शनिवार वीरेन्द्रनगर स्थित श्रीकृष्ण साधारण संस्कृत माध्यमिक विद्यालय इत्राममा आयोजना गरेको स्वास्थ्य शिविरमा ३ सय २ जना सर्वसाधारणले स्वास्थ्य लाभ पाएका छन् । वरिष्ठ डाक्टर केशर ढकाल, डाक्टर प्रदीप न्यौपाने, एवं डाक्टर विद्वता भट्टराईको टोलीले शिविरमा विरामीको स्वस्थ्य परीक्षण गरेका थिए ।

शिविरमा स्त्रीरोग, बालरोग, जनरल फिजिसियन, सुगर, प्रेसरलगायतका विरामीले लाभ लिएको नेपाल रेडक्रस सोसाईटी इत्राम उपशाखाका सचिव प्रकाश पौडेलले जानकारी दिए । उनले मानव सेवाका लागि निजी स्वार्थ भन्दा माथि उठेर शुभकामना पोलिक्लिनिक एण्ड म्याटरनिटी सेन्टरले पु¥याएको योगदानलाई उच्च कदर गरिने बताए । उनका अनुसार शिविरमा विरामीलाई निःशुल्क औषधी तथा ल्याव सेवा उपलब्ध गराईएको थियो ।

विरामीलाई थप सेवा लिनु परेमा ५० प्रतिशत छुट सहितको व्यवस्था शुभकामना पोलिक्लिनिक एण्ड म्याटरनिटी सेन्टरमा उपलब्ध गराईको उनले जानकारी दिए । शिविर उद्घाटन कार्यक्रममा वीरेन्द्रनगर नगरपालिकाका प्रमुख देवकुमार सुवेदी, वीरेन्द्रनगर नपा–७ नम्वर वडाअध्यक्ष ध्रुर्वकुमार चपाई, श्रीकृष्ण संस्कृत साधारण माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शिवप्रसाद गौतम एवं नेपाल रेडक्रस सोसाईटी इत्राम उपशाखाका सभापति चुडामणि वाग्लेले मानव सेवा भन्दा ठूलो अरु कुनै सेवा नभकाले सर्वसाधारणको मागलाई ध्यानमा राखेर आयोजना गरिएको निःशुल्क स्वास्थ्य शिविरबाट जनताले प्रत्यक्ष लाभ लिएको बताए । उनीहरुले आगामी दिनमा पनि यस्ता निशुल्क स्वास्थ्य शिविरको आयोजना गरेर जनताको घरदैलोमै सेवा पु¥याउने कार्यलाई निरन्तरता दिइने प्रतिबद्धता व्यक्त गरे ।

 

Translate »