कर्णालीबाट नेकपाका विसी र शर्मा विजयी

राष्ट्रिय सभा निर्वाचन

स्काई न्यूज /माघ ९, सुर्खेत ।

राष्ट्रियसभा निर्वाचनमा कर्णाली प्रदेशबाट नेकपा विजयी भएको छ । नेकपाका तर्फबाट उम्मेदवार बनेका सुमित्रा विसी र मायाप्रसाद शर्मा विजयी भएका छन् । कुल खसेको मतभार मध्ये नेकपाका विसीले ३६८४ मतभार प्राप्त गरेर विजयी भएकी छिन भने उनका प्रतिद्वन्द्वी नेपाली काँग्रेसका गणेशकुमारी बस्नेतले १०२६ मतभारमै चित्त बुझाउनु परेको हो । त्यस्तै नेकपाका शर्माले ३६४८ प्राप्त गरेर विजयी भएका छन भने उनका प्रतिद्वन्द्वी नेपाली काँग्रेसका डिल्लीराम पाठकले १०२६ मतभार प्राप्त गरेका हुन् । सुर्खेतको वीरेन्द्रनगरमा विहीबार सम्पन्न राष्ट्रिय सभाको निर्वाचनमा कर्णाली प्रदेशमा ९८.४८ प्रतिशत मत खसेको थियो ।

प्रमुख निर्वाचन अधिकृत डाक्टर राजेन्द्रकुमार आचार्यका अनुसार कुल १९८ मतदाता मध्ये १९५ जनाले मतदानमा सहभागिता जनाएका थिए । जसमा ६६ मत बदर भएको छ । मतदानमा ३ जना मतदाता सहभागि हुन सकेनन् । जिल्ला निर्वाचन कार्यालय सुर्खेतका अनुसार डोल्पोबुद्ध गाउँपालिका डोल्पाका उपाध्यक्ष मल्लटासी गुरुङ, हुम्लाको नाम्खा गाउँपालिकाका उपाध्यक्ष पेमा तामाङ र कालिकोटको तिलागुफा गाउँपालिकाकी उपप्रमुख दन्ता नेपालीले मतदान गरेनन् ।

कर्णाली प्रदेशमा प्रदेशसभा सदस्य ४० जना र स्थानीय तहका अध्यक्ष÷उपाध्यक्ष तथा प्रमुख÷उपप्रमुख १ सय ५८ जना गरी १ सय ९८ जना मतदाता छन् । प्रदेश सभाका ४० जना सदस्यहरुले नै मतदान गरेको निर्वाचन कार्यालयले बताएको छ । प्रदेशसभा सदस्यहरुमा नेकपाबाट ३३, कांग्रेसबाट ६ र राप्रपाबाट १ जना रहेका छन । स्थानीय तहमा नेकपाका ५३, कांग्रेसका २६ र राप्रपाका १ जना प्रमुख÷उपप्रमुख छन् । कर्णालीमा कूल मतभार ४ हजार ७६४ छ । जसमा नेकपाको ३ हजार ५६४ र कांग्रेसको १ हजार २६ रहेको छ ।

Translate »