प्रलेसं कर्णाली सचिवालय अध्यक्षमा बुढा

स्काई न्यूज /माघ ६, सुर्खेत ।
प्रगतिशील लेखक संघ नेपाल कर्णाली प्रदेश कमिटी सचिवालय अध्यक्षमा गिरीप्रसाद बुढा चयन भएका छन् । प्रलेसं कर्णाली प्रदेश कमिटीको आइतबार सुर्खेतको वीरेन्द्रनगरमा बसेको तेस्रो बैठकले बुढाको अध्यक्षतामा ९ सदस्यीय सचिवालय समिति गठन गरेको हो । बैठकले समितिको उपाध्यक्षमा युद्धविक्रम शाही र सीता एरी, सचिव हरिलाल महतरा, सह–सचिव धिरेन थापा, कोषाध्यक्ष विष्णु महतरा एवं सदस्यमा सिद्धबहादुर खड्का, हस्तराज रेग्मी तथा पृथ्वीबहादुर सिंहलाई चयन गरेको छ ।


बैठकले प्रदेश कमिटीद्वारा प्रकासित अर्धवार्षिक साहित्यिक पत्रिका रातो जूनको विमोचन १८९ औं साहित्यिक यात्राका रुपमा शहीद दिवसको अवसर पारेर माघ १६ गते वीरेन्द्रनगरमा विमोचन गर्ने र पत्रिकाको समिक्षा तथा परिचर्चा रुकुम पश्चिमको मुसिकोटमा गर्ने निर्णय गरेको कर्णाली प्रदेश सचिवालय सचिव हरिलाल महतराले जानकारी दिए । उनले बैठकमा बहुचर्चित एमसीसी (मिलिनियम चालेन्ज कर्पोरेशन परियोजना) राष्ट्रिय हित विपरित रहेको ठहर गर्दे माग १६ गते वीरेन्द्रनगरमा अन्तरक्रिया कार्यक्रमको आयोजना गरिने निर्णय गरेको बताए । उनका अनुसार बैठकले प्रदेशका सबै जिल्लाहरुमा आउँदो वर्ष भित्रै सम्पर्क कार्यालय स्थापना तथा संगठन सुदृढिकरण गर्ने निणर्य गरेको छ । बैठकमा प्रलेसका केन्द्रीय सदस्यद्वय डाक्टर दीपक गौतम र जीवन शाहीको सहभागिता रहेको थियो ।

Translate »