पृथ्वी जयन्ती मनाईयो

स्काई न्यूज /पुस २७, सुर्खेत ।
सुर्खेतमा पृथ्वी जयन्ती तथा एकता दिवस मनाईएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टी सुर्खेतले आइतबार वीरेन्द्रनगरमा २९८ औं पृथ्वीजयन्ती तथा एकता दिवसमा चियापान कार्यक्रमको आयोजना गरी मनाएको हो । कार्यक्रममा राप्रपा सुर्खेतका जिल्ला अध्यक्ष मानबहादुर खड्काले पृथ्वी नारायण शाहको एकीकरणका कारण आज नेपाल राज्य रहेको स्मरण गराए । सरकारले राष्ट्रिय एकता दिवस तथा पृथ्वी जयन्तीमा सार्वजनिक विदा नगरेको भन्दै उनले विरोध जनाए । कार्यक्रममा प्रदेश सभा सदस्य सोशिला शाही, राप्रपाका केन्द्रिय सदस्य मुकुन्दश्याम गिरी, भद्रबहादुर शाही, प्रेम शाही, पूर्व जिविस उप–सभापति बसन्त थापा लगायत पार्टीका विभिन्न भातृ संगठनका पदाधिकारीहरुको उपस्थिति रहेको पार्टीका प्रचार विभाग सदस्य प्रेम बिसिले जानकारी दिए । उनका अनुसार यसअघि वीरेन्द्रनगरको मंगलगढी चोकबाट शुरु भएको ¥याली वीरेन्द्रनगर चोक पुगेर राष्ट्र निर्माता पृथ्वीनारायण शाहको तस्वीरमा माल्यापर्ण गर्दै कार्यक्रममा शुभकामना आदानप्रदान गरिएको थियो ।

Translate »