जनअपेक्षा अनुरुप कार्य गर्नुहोस् : राज्यमन्त्री रावत

स्काई न्यूज /पुस २२, सुर्खेत ।
स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री नवराज रावतले विकास निर्माण कार्यलाई पारदर्शी तथा प्रभावकारी बनाईनु पर्ने बेला आएको बताएका छन् । जिल्ला समन्वय समिति सुर्खेतको मंगलबार वीरेन्द्रनगरमा तेस्रो जिल्ला सभाको उद्घाटन गर्दे राज्यमन्त्री रावतले संघीय संरचना अनुरुप अधिकार एवं बजेट स्थानीय तहमा आएकाले जनअपेक्षा अनुरुपको पारदर्शीसँगै प्रभावकारी ढंगले विकास निर्माणका काम गर्नु पर्नेमा जोड दिए । उनले विकासका लागि अब केन्द्र सरकारको मुख ताक्नुपर्ने अवस्था नरहेको जिकिर गरे ।


‘संघ, प्रदेश तथा स्थानीय, तीनै तहका सरकारलाई बजेट एवं अधिकार भएकाले अब केन्द्र सरकारले मात्रै के ग¥यो भनेर कुर्ने पर्ने दिन गईसके,’ उनले भने, ‘अब केन्द्र सरकारले के ग¥यो भन्ने मात्रै होइन की, हामीले के ग¥यौं भनेर हेर्न आवश्यक छ ।’ उनले विकास निर्माण साझा विषय वस्तु भएकाले जन समुदायको भावनालाई सम्बोधन हुने गरि दिर्घकालिन परिणामको माइने राख्ने गरि कार्य अगाडि बढाउन सुझाव दिए ।

जिल्ला समन्वय समितिका संयोजक छविलाल सिग्देलले आफु निर्वाचित भएको तीन वर्ष पुगि सक्दा समेत काम, कर्तव्य र अधिकार बारे प्रष्ट नभएकाले भूमिका विहिन भएको दुःखेसो पोखें । ‘आगामी दिनमा समितिले स्थानीय तहले सञ्चालन गर्ने ५० लाख भन्दा माथिका योजनाको स्थानीय तहहरुसँग समन्वयगरी अनुगमन गरिनेछ,’ उनले भने, ‘हाल जिसस स्थानीय तह एवं प्रशासनिक निकाय बीच समन्वय कार्यकारी भूमिकामा मात्र सीमित पारिएको छ ।’ उनले जिससलाई थप जिम्मेवारीसहित प्रभावकारी भूमिका दिन आग्रह गरे । कार्यक्रममा प्रदेशसभा सदस्य राजु नेपाली, सीता नेपाली, पद्मा खड्का, ठम्मर बिष्ट, अमृता शाहीलगायतले जिल्ला समन्वय समितिलाई थप प्रभावकारी बनाईनु पर्नेमा जोड दिएका थिए ।

Translate »