रावा बैंकको कर्णाली प्रादेशिक कार्यालय स्थापना

स्काई न्यूज /पुस १८, सुर्खेत ।
राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको कर्णाली प्रादेशिक कार्यालय, सुर्खेतको वीरेन्द्रनगरमा स्थापना भएको छ । प्रादेशिक कार्यालयको शुक्रवार कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले ताम्रपत्र अनावरण गर्दै उद्घाटन गरेका हुन् । उक्त अवसरमा उनले ‘बैंक खाता छोरीको, सुरक्षा जीवन भरी’को प्रदेश सरकारको कार्यक्रम राष्ट्रिय वाणिज्य बकको मान्मा शाखाबाट शुरु गरिएको बताउँदै कर्णाली प्रदेश भरि कार्यक्रम शुरु गर्न लागिएको जानकारी दिए ।

त्यस्तै आर्थिक मामिलामन्त्री प्रकाश ज्वालाले बैंकहरुले सरकारी नीति नियमलाई प्राथमिकताका साथ लागू गर्नुपर्ने बताए । कार्यक्रममा बैंक सञ्चालक समितिका अध्यक्ष निर्मलहरि अधिकारीले तीनै तहका सरकारलाई बैकले प्राथमिकताका साथ वित्तीय सेवा दिइरहेको बताए । कर्णाली प्रदेश कार्यालयका प्रादेशिक प्रबन्धक रामकुमार थापाको अध्यक्षतामा भएको कार्यक्रममा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत कबिराज अधिकारीले स्वागत मन्तव्य राखेका थिए । कार्यक्रममा वीरेन्द्रनगर नगर प्रमुख देबकुमार सुवेदी, कर्णाली प्रदेशका प्रमुख सचिव केवलप्रसाद भण्डारी, नेपाल राष्ट्र बैंकका व्यवस्थापक सालिकराम पोखरेल, सुर्खेत उद्योग वाणिज्य संघका अध्यक्ष धनबहादुर रावत लगायतको उपस्थिति रहेको थियो ।

Translate »