जनहितकारीद्वारा अस्पताललाई सामाग्री

स्काई न्यूज /पुस १७, सुर्खेत ।
जनहितकारी बचत तथा ऋण सहकारी संस्था वीरेन्द्रनगरले आफ्नो स्थापना दिवसको अवसर पारेर प्रदेश अस्पताल सुर्खेतलाई सामाग्री सहयोग गरेको छ । सहकारीले आफ्नो २१ औं वार्षिक स्थापना दिवसको अवसर पारेर विहीबार अस्पतालका अध्यक्ष श्यामलाल कँडेललाई २० वटा वेड सिटसँगै दुई वटा फोहर व्यवस्थापन गर्ने बाल्टी हस्तान्तरण गरेको हो । वेडसिट एवं बाल्टी हस्तान्तरण गर्दे सहकारीका निवर्तमान अध्यक्ष हरिहरनाथ योगीले सहयोग सामाग्री वास्तविक विरामीसम्म पुगोस् भन्ने अपेक्षा राखिएको बताए । उनले अस्पतालमा आउने दिन दुःखीलाई अतिकति भएपनि सहकारीको सहयोगले केही राहत पुगोस् भन्ने उद्देश्य रहेको जनाए । प्रदेश अस्पतालका अध्यक्ष श्यामलाल कंडेलले अस्पतालमा आउने विरामीका लागि सहकारीले सामाग्री हस्तान्तरण गरेर पूण्य कार्य गरेको प्रति धन्यवाद व्यक्त गरे ।

Translate »