सुर्खेतमा बाघको आक्रमणबाट मृत्यु

स्काई न्यूज /पुस १४, सुर्खेत ।
सुर्खेतको बराहताल गाउँपालिका–३ लेखगाउँका ४५ वर्षीया चन्द्रा नेपालीको सोमबार बाघको आक्रमणबाट मृत्यु भएको छ । विहान साढे ९ बजेतिर घर नजिकैको बारीमा घाँस काट्न गएका बेला बाघको आक्रमणबाट नेपालीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । आक्रमण लगत्तै उद्दारका लागि स्थानीय पुगेपनि नेपालीको घटनास्थलमै मृत्यु भईसकेको प्रत्यक्षदर्शीले बताएका छन् । बराहतालको केही भाग बर्दिया राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा पर्ने भएकाले निकुञ्जबाट आएको बाघले आक्रमण गरेको हुन सक्ने अनुमान गरिएको छ । घटना स्थलको थप अनुसन्धान गर्न तरंगाबाट प्रहरीसँगै डिभिजन वन कार्यालयको टोली गएको प्रहरी नायव उपरीक्षक (डीएसपी) रवि रावलले जानकारी दिए ।

Translate »