सुर्खेतमा क्रिसमसको रमझम

स्काई न्यूज /पुस ९, सुर्खेत ।
इसाई धर्मावलम्बीहरुले बुधबार हर्षोल्लासपूर्वक क्रिसमस पर्व मनाएका छन् । कर्णाली प्रदेशको राजधानी सुर्खेतसहित देशभर रहेका गिर्जाघर तथा बजारहरुमा मंगलबार साँझदेखिनै क्रिसमसको रमझम मनाउन शुरु गरिएको हो । २००० वर्ष भन्दा पहिले इजरायलको बेथलियमको एउटा गोठमा प्रभु येशु क्रिष्टको जन्म भएको खुशियालीमा हरेक वर्ष डिसेम्बर २५ मा इसाई धर्मावलम्बीहरुले क्रिसमस मनाउने गर्छन् । इसाई धर्मावलम्बीका अनुसार शान्ति र प्रेमको कामना सहित अन्धविश्वास हटाई नयाँ नेपाल निर्माणका लागि प्राथना गरिएको छ । बुधबार बिहानै देखि चर्चहरुमा प्रार्थना गर्ने र खुसियाली साटासाट गर्ने मानिसहरुको भीड लागेको थियो । वीरेन्द्रनगरका विभिन्न चर्चहरुमा क्रिसमस ट्री बनाएर सजाइएको छ ।

Translate »