अव्यवस्थित भीड नियन्त्रण गर्न ‘हम्मे हम्मे’

महोत्सव चरम उत्सर्गमा

स्काई न्यूज /पुस ९, सुर्खेत ।
सुर्खेतको वीरेन्द्रनगरमा जारी प्रथम राष्ट्रिय औद्योगिक व्यापार, कृषि, नविनतम् प्रविधि प्रदर्शनी एवं पर्यटन महोत्सव चरम उत्सर्गमा पुगेको छ । महोत्सवमा सर्वसाधारणको उत्साहजनक भीड बढेपछि बुधबार केही समय अव्यवस्थित भीड नियन्त्रण गर्न आयोजकलाई हम्मे हम्मे परेको थियो । महोत्सवको छैठौं दिन दर्शकको अपार भीड लाग्यो । केही बेर भीड नियन्त्रण गर्न सुरक्षाकर्मीसँगै आयोजकलाई समेत हम्मे हम्मे प¥यो ।

पछि बाक्लो सुरक्षाकर्मीको प्रतिरोधपछि भीड नियन्त्रणमा आयो । अनियन्त्रित भीडका कारण केही बेर महोत्सवको टिकट काउन्टर नै बन्द गर्नु परेको थियो । महोत्सब बाहिर गेटमा दर्शकको उत्साहजनक सहभागिताले आयोजकसँगै स्थानीय व्यापारीमा समेत खुशी छा¥यो । ‘आर्थिक समृद्धिका लागि कर्णालीमा उद्योग खोलौं, औद्योगीकरणमा सबै जुटौं’ भन्ने नाराका साथ शुक्रबारदेखि शुरु भएको महोत्सव अवलोकनका लागि कर्णालीका दश वटै जिल्लाका गाउँगाउँबाट अवलोकनकर्ता वीरेन्द्रनगर आइपुगेको आयोजकको भनाइ छ । महोत्सवमा दैनिक उपभोग्य सामग्रीको विक्री राम्रो भएको नेपाल घरेलु तथा साना उद्योग महासंघ कर्णाली प्रदेशका वरिष्ठ उपाध्यक्ष दिपकबहादुर बुढाले बताए । उनका अनुसार दशर्कले दैनिक उपभोग्य वस्तु तरकारी, खाद्यान्न र लत्ताकपडा बढी मात्रामा खरीद गरिरहेका छन् । दर्शकको चापका कारण महोत्सवस्थलमा बस्ने ठाउँको अभाव भएको थियो । महोत्सवमा औद्योगिक, अटोमोबाइल, प्रबिधि १० जिल्लाका साना तथा घरेलु उद्यमीले तयार गरेका सामग्रीको प्रदर्शनी, कृषि  प्रदर्शनीका साथै विभिन्न व्यापारिक प्रतिष्ठानका उत्पादनको विक्री भइरहेको छ ।


महोत्सवमा लोकदोहरी गायक पशुपति शर्मा, राधिका हमाललगायतको प्रस्तुतीले दर्शकमा झनै उत्साह थपेको थियो । स्थानीय तथा राष्ट्रिय कलाकारहरुको बेजोड प्रस्तुतीले दर्शकले भरपुर मनोरञ्जन लिएका थिए । कर्णाली प्रदेशको विविधता झलकाउने सांस्कृतिक प्रदर्शन, जातीय विविधतासहितको धार्मिक, सांस्कृतिक भेषभूषा, गीत–गुञ्जन, नृत्य, धार्मिक र लोकसंस्कृति झल्काउने मनोरञ्जनका कार्यक्रमले महोत्सवको आकर्षण बढाएको छ । महोत्सवमा कर्णाली प्रदेशका १० जिल्लासँगै प्रदेश ५, ४ र ३ का व्यापारीको जमघट छ । दर्शक र ग्राहकको भीड पनि बढेको छ ।

Translate »