महोत्सवमा झल्कियो विविधता

दर्शकको भीड बढ्दो

डिलबहाुदर खत्री/शान्ति सुनार
सुर्खेतको वीरेन्द्रनगरमा आयोजित प्रथम राष्ट्रिय औद्योगिक व्यापार, कृषि, नविनतम् प्रविधि प्रदर्शनी एवं पर्यटन महोत्सवमा खानपिन, रहनसहन, भेषभूषाको विविधता झल्किएको छ । वीरेन्द्रनगरमा महोत्सव हेर्न आउनेको संख्या पनि दिनदिनै बढ्दो छ । नेपाल घरेलु तथा साना उद्योग महासंघले आयोजना गरेको महोत्सवमा लाखौंको व्यापार भएको आयोजकले बताएका छन् । सुर्खेतमा पहिलो पटक राष्ट्रिय औद्योगिक व्यापार, कृषि, नविनतम् प्रविधि प्रदर्शनी एवं पर्यटन महोत्सव आयोजना गरिएको हो । कर्णाली प्रदेशको विविधता झलकाउने सांस्कृतिक प्रदर्शन, जातीय विविधतासहितको धार्मिक, सांस्कृतिक भेषभूषा, गीत–गुञ्जन, नृत्य, धार्मिक र लोकसंस्कृति झल्काउने मनोरञ्जनका कार्यक्रमले महोत्सवको आकर्षण बढाएको छ ।

महोत्सवमा कर्णाली प्रदेशका १० जिल्लासँगै प्रदेश ५, ४ र ३ का व्यापारीको जमघट छ । दर्शक र ग्राहकको भीड पनि बढेको छ । ‘महोत्सवले दैनिक ३ हजार बढी आम्दानी हुने गरेको छ,’ कर्णाली महिला अर्गानिक पसलकी सञ्चालक रुपा भण्डारीले भनिन्, ‘यसअघि हजार पुग्दैन्थ्यो ।’ महोत्सवमा व्यापारिक प्रयोजनका करिब साढे तीनय हाराहरीमा स्टल छन । हुम्लाका व्यवसायी दिपकबहादुर बुढाले अर्गानिक परिकारले महोत्वमा आउनेलाई लोभ्याएको बताए । उनले महोत्सवमा आउनेहरुले अर्गानिक परिकार रुचाएकोमा खुसी देखिन्थे । ‘शुरुका दिनमै २५ हजार बढीको व्यापार भयो,’ उनले भने, ‘महोत्सवमा भीड बढेसँगै कारोवार पनि बढेको छ ।’ रौतहटका मिठाई व्यापारी जुगेश्वर साहले हवाई मिठाई स्टलमा पनि सहभागीको रोजाइमा परेको छ । उनको स्टलमा ५० देखि एक सय रुपैयाँसम्मका मिठाई छन । ‘दैनिक २० देखि २५ हजारसम्मको आइसक्रिम बिक्री भइरहेको छ,’ साहले भने । सुर्खेतमा महोत्सवमा जुत्ताको स्टल लगाएका सुरेश कुमारले दैनिक १५ देखि २० हजार रुपैयाँको कारोवार भइरहेको बताए ।

महोत्वसमा स्थानीय कृषिजन्य उत्पादन, हस्तशिल्प, कुटिर उद्योगका उत्पादन, भाँडावर्तन, इलेक्ट्रोनिक सामग्री, फैन्सी सामान, जडिबुटी र बवहुराष्ट्रिय कम्पनीका उत्पादन छन । महोत्सवमा दैनिक ३५ देखि ४० लाख रुपैयाँसम्मको व्यापार गरिरहेको आयोजकले बताएका छन् । कर्णालीका मौलिक उत्पादनका प्रतियोगितत्मक प्रदर्शनी समेत लगाइएको छ । महोत्सव आयोजक संस्थाका अध्यक्ष चन्द्रबहादुर विसीले कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगर भएकाले महोत्सव हेर्न आउनेको संख्या बढ्दो क्रममा रहेको बताए । व्यापार, उद्योगधन्दा, व्यावसायिक कृषि उत्पादन, पशुपालनको सम्भावना बोकेको सुर्खेतमा महोत्सव आयोजनाले आर्थिक गतिविधिमा टेवा पुग्ने उनले बताए । महोत्सव आयोजनामा उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय कर्णाली प्रदेश, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयसँगै अन्य विभिन्न संघसंस्थाको सहकार्य छ । ‘कर्णालीको व्यापार प्रवद्र्धन र पर्यटकीय स्थलका रुपमा चिनारी गराउन सुर्खेत महोत्सवको आयोजना गरिएको हो,’ नेपाल घरेलु तथा साना उद्योग महासंघ सुर्खेत अध्यक्ष सुमननाथ योगीले भने, ‘पौराणिक तथा ऐतिहासिक महत्व बोकेका कर्णालीका विभिन्न पर्यटकीय क्षेत्रको महत्व बुझाईएर प्रचारप्रसार गरि आन्तरिक तथा वाहय पर्यटक भित्र्याउन पनि यो महोत्सवले योगदान पु¥याउने अपेक्षा छ ।’

विहीबारसम्म सञ्चालन हुने महोत्सवमा ५ लाख बढीलाई अवलोकन गराउने आयोजकको अपेक्षा छ । महोत्सवमा जातिगत विविधता झल्काउने भेषभूषा, मगर, थारु, जातिको लोकलय, धर्मसंस्कृति, रीतिरिवाज, र चर्चित कलाकारको दैनिकी प्रस्तुति छ । सुर्खेतमा पाँच दिनदेखि आयोजित सुर्खेत महोत्सवमा दैनिक हजारौंको भीड लागेको छ । भीड बढेपछि व्यापारीदेखि अटो व्यवसायीसम्म मालामाल छन । मंगलगढी चोकदेखि झन्डै डेढ किमि दूरीमा रहेको महोत्सव स्थलसम्म जाने र फर्कनेको लाम देखिन्छन । महोत्सवका कारण आवागमनको चाप बढेपछि वीरेन्द्रनगरका दर्जन बढी अटो रिक्सालाई अहिले भ्याइनभ्याइ छ । ‘महोत्सव लागेयता दैनिक ३ हजार बढी आमदानी हुने गरको छ,’ अटो व्यवसायी सागर थापाले भने, ‘यसअघि हजार पुग्न पनिहम्मे पथ्र्यो ।’ व्यापारिक प्रयोजनका साढे ३ सय बढी स्टल लगाइएको महोत्सवमा आफ्नो उत्पादन बेच्न र व्यवसाय चलाउन स्थानीय लगायत मुलुकका विभिन्न स्थानबाट आएका व्यवसायीका अनुसार यहाँको व्यापारले गति लिँदै गएको छ ।

Translate »