शिक्षामा लगानी बढाऊँ !

स्काई न्यूज/ पुस ५, सुर्खेत ।
सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघ कर्णाली प्रदेश स्तरीय भेला तथा अनुशिक्षण कार्यक्रम सुर्खेतको वीरेन्द्रनगरमा शुरु भएको छ । दुई दिनसम्म चल्ने भेलामा प्रदेशका विभिन्न जिल्लाका प्रतिनिधिहरुको सहभागिता रहेको आयोजकले बताएका छन् । नयाँ नेतृत्व चयनका लागि हुने भेलाको उद्घाटन शत्रमा सुर्खेत जिल्ला समन्वय समितिका समन्वय प्रमुख छविलाल सिग्देलले कर्णालीको शिक्षा क्षेत्रलाई राज्यले नै विशेष योजना बनाएर दिर्घकालिन परिणाममुखि बनाउनु पर्नेमा जोड दिए । महासंघका केन्द्रीय उपाध्यक्ष उज्जवल खड्का, हर्क धानुक, गुणराज मक्तान एवं केन्द्रीय सचिव देवी खड्का, केन्द्रीय सदस्य टंकप्रसाद रिमालले हरेक क्षेत्रबाट पछाडी पारिएको कर्णालीको शिक्षा क्षेत्रलाई माथि उठाउन राज्यले प्याकेजमै कार्यक्रम ल्याउन आवश्यक रहेको औल्याए । त्यस्तै जन नमूना माध्यमिक विद्यालयका प्रधानाध्यापक यामबहादुर श्रेष्ठले शैक्षिक उन्नयन विना अन्य क्षेत्रको विकासमा समेत कठिनाई हुने भएकाले राज्यले गुणस्तरीय शिक्षा लगानी बढाउन आवश्यक रहेको बताए । त्यस्तै जन नमूना माविका विव्यस अध्यक्ष गोविन्दबहादुर कोइरालाले शिक्षाको लगानी तत्काल नदेखिएपनि दिर्घाकालिन परिणाम सुन्दर हुने भएकाले राज्यको ध्यान सबै भन्दा पहिले शिक्षामै केन्द्रित हुनु पर्नेमा जोड दिए ।

Translate »