साल्ट ट्रेडिङ्ग सुर्खेतका प्रमुख धरौटीमा रिहा

स्काई न्यूज /सुर्खेत, २९ मंसिर ।
बलात्कार आरोपमा पक्राउ परेका साल्ट ट्रेडिङ्ग कर्पोरेशन शाखा कार्यालय सुर्खेतका प्रमुख रामबाबु गुप्ता शुक्रबार धरौटीमा रिहा भएका छन् । जागीर लगाई दिने भन्दै एक युवतीलाई बलात्कार गरेको आरोप लागेका गुप्ता गत मंसिर ५ गते जिल्ला प्रहरी कार्यालयमा आत्मसर्पण गरेका थिए । कार्यालय प्रमुख गुप्ताले विभिन्न प्रलोभन देखाएर बलात्कार गर्ने गरेको र पछि भिडियो बनाएको छु, सार्वजनिक गर्दिन्छु भन्दै डर देखाएर बलात्कार गर्दै आएको पीडित युवतीले प्रहरीमा उजुरी दिएकी थिईन् । त्यही उजुरीका आधारमा कार्यालय प्रमुख गुप्ता पक्राउ परेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । कार्यालय प्रमुख गुप्तालाई तीन लाख ५० हजार धरौटीमा रिहा गरिएको जिल्ला अदालत सुर्खेतका श्रेस्तेदार अधिकृत भोपाल भण्डारीले जानकारी दिए । ‘गुप्ता कसुरदार देखिएकोले धरौटी लिएर छोडिएको हो,’ श्रेस्तेदार भण्डारीले भने, ‘हाललाई धरौटीमा छुटेपनि अनुसन्धान निरन्तर चलिरहन्छ ।’ यता पीडित युवती भने डिप्रेसनका कारण अस्पतालमा उपचारत रहेको उनका आफन्तले जनाएका छन् । महिला अधिकारवादी लक्ष्मी शर्माले यस घटनाले अदालतको स्वच्छताप्रति नागरिकको विश्वास मरेको बताईन् । उनले भनिन्, ‘महिला, बालिकाहरु धमाधम बलात्कृत भईरहेका छन् । तर शक्ति र पैसाका भरमा पीडकलाई उन्मुक्ति दिएर पीडितलाई अँझ पिडा दिईन्छ । यो कदापि सह्य हुँदैन ।’ उनले मानवता विरोधी घटनालाई राज्यले गम्भिरताका साथ लिनु पर्नेमा जोड दिईन् ।

Translate »