शाखा अधिकृतको विज्ञापन खुल्यो

लोक सेवा आयोग सूचना

 मंसिर २५, सुर्खेत ।
लोकसेवा आयोगले शाखा अधिकृतका लागि बुधवार १ हजार ९६ पदका लागि विज्ञापन माग गरेको छ । आयोगले विभिन्न सेवा समूहका लागि खुलातर्फ ४१९, बढुवा ९कार्य सम्पादन मूल्याङ्कन र कार्यक्षमता० तर्फ ३२८, आन्तरिक प्रतियोगितातर्फ तीन, महिलातर्फ ३४९,आदिवासी जनजातीतर्फ ९१, मधेशीतर्फ ८१, दलिततर्फ ३१, अपाङ्गतर्फ १७ र पिछडिएको क्षेत्रका लागि १५ पदका लागि आज बुधबार विज्ञापन गरेको हो । प्रशासन सेवा अन्तर्गत सामान्य प्रशासन समूहका लागि ५६० पद माग गरिएकोमा बढुवामा १६८ रहेको छ । यस अन्तरगत खुलामा २१६,महिलामा ५८,आदिवासी जनजातीमा ४८,मधेशीमा ३९,दलितमा १५,अपाङ्गमा नौ र पिछडिएको क्षेत्रमा सात रहेको छ । यस्तै, प्रशासन सेवा राजस्व समूहअन्तर्गत ६९ पद माग गरिएकोमा बढुवातर्फ २० रहेको छ ।

यसको खुलातर्फ २७, महिलातर्फ आठ, आदिवासी जनजाती पाँच, मधेशी पाँच,दलित दुई, अपाङ्ग एक र पिछडिएको क्षेत्रका लागि एक पद माग गरिएको छ । प्रशासन सेवा लेखा समूह अन्तरगत ३० पद माग गरिएकोमा बढुवातर्फ नौ रहेको छ । यसको खुलातर्फ १२, महिला तीन,आदिवासी जनजाती दुई, मधेशी दुई, दलित एक र पिछडिएको क्षेत्र एक रहेको छ । लेखापरीक्षण सेवा अन्तर्गत ४२ पद माग गरिएकोमा बढुवातर्फ १३ रहेको छ । यसको खुलातर्फ १६, महिला चार, आदिवासी जनजाती चार, मधेशी तीन, दलित एक र पिछडिएको क्षेत्रमा एक पदका लागि गरिएको छ । यस्तै, परराष्ट्र सेवामा चार पद माग गरिएकोमा बढुवातर्फ एक पद रहेको छ । परराष्ट्रको खुलातर्फ दुई र महिलाका लागि एक पद माग गरिएको छ । न्याय सेवाको न्याय समूहतर्फ २९० पद माग गरिएकोमा बढुवातर्फ ८५ रहेको छ । यसको खुलातर्फ १०९, महिला २९, आदिवासी जनजाती २४, मधेशी २४, दलित दश, अपाङ्ग पाँच र पिछडिएको चार पद रहेका छन् । न्याय सेवा कानुन समूहतर्फ ४९ पद माग गरिएकोमा बढुवातर्फ १५ रहेको छ । यसको खुलातर्फ १९,महिला पाँच,आदिवासी जनजाती चार,मधेशी चार, दलित एक, अपाङ्ग एक रहेका छन् । न्याय सेवा सरकारी समूहतर्फ २४ पद माग गरिएकोमा बढुवातर्फ आठ जना छन् । यसको खुलातर्फ आठ, महिला तीन, आदिवासी जनजाती दुई, मधेशी दुई र पिछडिएको एक रहेका छन् । व्यवस्थापिका संसदतर्फ २८ पद माग गरिएकोमा बढुवातर्फ छ र आन्तरिक प्रतियोगितातर्फ तीन पद छन् । यसको खुलातर्फ दश, महिला तीन, आदिवासी जनजाती दुई, मधेशी दुई, दलित एक, अपाङ्ग एक रहेका छन । आयोगको बार्षिक कार्यतालिकाअनुसार विज्ञापन गरिएको छ । गत वर्ष समायोजनका कारण प्रशासनतर्फ विज्ञापन नभएकोमा यस वर्ष ठूलो सङ्ख्यामा विज्ञापन गरिएको लोकसेवा आयोगका सूचना अधिकारी देवीप्रसाद सुवेदीले जानकारी दिएका छन् । ( प्रशासन डट कम)

Translate »