मानवअधिकार दिवस मनाईयो

स्काई न्यूज/ मंसिर २५, सुर्खेत ।
मानव अधिकार दिवसका अवसरमा ‘मानवअधिकारको संरक्षणमा युवाहरूको भुमिका’ विषयक छलफल कार्यक्रमम अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) सुर्खेत लगायत विभिन्न संघसंस्थाको आयोजनामा सम्पन्न भएको छ । कार्यक्रममा सुर्खेतका प्रमुख जिल्लाअधिकारी बसन्त अधिकारीले सुर्खेत जिल्लामा गम्भिर प्रकृतीका मानव अधिकार उल्लंघनका घटना नभएपनि घटना न्यूनीकरणका प्रशासन चनाखो रहेको बताए । उलने अझै पनि बालविवाह, महिला हिंसा र जातीय विभेदका घटना न्यूनीकरणका लागि अधिकारकर्मी, सरोकारवाला बीचको समन्वय एवं सहकार्य आवश्यक रहेको औल्याए । वीरेन्द्रनगर नगरपालिका–६ वडा अध्यक्ष मोतीप्रसाद कँडेलले सबैले कानूनको पालना गरेमा मानव अधिकारको संरक्षण हुने जनाए ।

द्वन्द्वपीडित साझा चौतारीकी कर्णाली प्रदेश अध्यक्ष शितलासिंह राठौरले द्वन्द्वपीडितको अवस्था र विषय आवश्यकता हेरेर पीडित परिवारका लागि स्थानीय, प्रदेश र केन्द्रीय सरकारले बजेट छुट्याएमा द्वन्द्वपीडित परिवारले पनि मानवअधिकारको महसुस गर्न पाउने बताईन् । राष्ट्रिय अपांगता महासंघका सुरेशकुमार खड्काले मानिसले जन्मसिद्ध पाउने अधिकारको उपभोग गर्न बाट अपांगता भएका व्यक्तिहरू अझै बञ्चित भएको उल्लेख गरे । छलफल कार्यक्रममा नागरिक सरोकार केन्द्र, सुर्खेतका अध्यक्ष पिताम्बर ढकालले मानव अधिकारको विश्वव्यापी घोषणापत्रका बारेमा कार्यपत्र प्रस्तुत गरेका थिए । दिवसकै अवसरमा मङ्सिर मंगलगढीचोकबाट पिपल चौतारासम्म प्रभातफेरीको आयोजना गरिएको थियो ।

Translate »