अपाङ्गलाई शैक्षिक सामाग्री

स्काई न्यूज /मंसिर २२, सुर्खेत ।
एभरेष्ट बैंकको सहयोगमा नेत्रहिन यूवा संघ नेपाल सुर्खेत शाखाले अपाङ्गता भएकाहरुलाई शैक्षिक सामाग्री वितरण गरेको छ । शाखाले आइतबार वीरेन्द्रनगरमा २८औं अपाङ्गता दिवसको अवसरमा अवसर पारेर अपाङ्गता भएकाहरुलाई शैक्षिक सामाग्री वितरण गरेको हो । शैक्षिक सामाग्री वितरण कार्यक्रममा वीरेन्द्रनगर–४, का वडाअध्यक्ष निलकण्ठ खनालले एभरेष्ट बैंक नाफामुखी संस्था भएरपनि सामाजिक सेवामा अग्रसर देखाएको प्रति प्रशंसा व्यक्त गरे । उनले राज्यबाट वितरण गरिने यस्ता किसिमका सहयोग पहुँचवालाको मात्र हात पर्ने भएकोले अब आफूले पनि सक्दो सहयोग गर्ने बचन दिए । कार्यक्रमा एभरेष्ट बैंक कर्णाली प्रदेशका प्रमुख विनोद अर्यालले अपाङ्गता भएकालाई करिव ९० हजार बराबरको शैक्षिक सामाग्री हस्तान्तरण गरिएको जानकारी दिए । त्यस्तै अपाङ्गता संरक्षण नेपालका केन्द्रिय अध्यक्ष विरोध खतिवडाले बैंकले अपाङ्गता भएकाहरुलाई सामाग्री प्रदान गरेकोमा बैंकप्रति धन्यवाद व्यक्त गरे ।

Translate »