सुर्खेत महिला जेसिजको अध्यक्षमा शाक्य

स्काई न्यूज/ मंसिर २१, सुर्खेत ।
सुर्खेत महिला जेसिज बर्ष २०२० का लागि अध्यक्षमा प्रमी शाक्य चयन भएकी छन् । शनिबार वीरेन्द्रनगरमा सम्पन्न सुर्खेत महिला जेसिजको नवौं वार्षिक साधारण सभाले बर्ष २०२० का लागि शाक्यलाई अध्यक्षमा निर्विरोध चयन गरेको हो । सभाले कार्यकारिणी उपाध्यक्षमा लक्ष्मी गुरुङ्ग र पवित्रा गुरुङ्ग, उपाध्यक्षमा क्रमशः रञ्जना बुढा (रञ्जु), मिना गुरुङ्ग, सिता भण्डारी तथा गंगा रोकायलाई चयन गरेको वर्ष २०१९का अध्यक्ष सिया कार्की प्रधान (लक्ष्मी) ले बताईन् । नवनिर्वाचित अध्यक्ष शाक्यले आफ्नो कार्यकालमा युवा पुस्ताका लागि व्यक्तित्व विकासमा ‘महिलालाई अधिकार देउ, देश अघी बढाउ’ भन्ने नारालाई अगाडी लिएर विभिन्न कार्यहरु गरिने जनाईन् ।

Translate »