एक लाखको होण्डा अफर गंगा गुरुङलाई

स्काई न्यूज /मंसिर १६, सुर्खेत ।
होण्डा कम्पनीको दशै तिहार अफर योजनाको एक लाख रुपैयाँको चिठ्ठा सुर्खेत वीरेन्द्रनगर नगरपालिका–५, चिसापानीकी गंगा गुरुङ श्रेष्ठको हात परेको छ । दशै तिहारताका न्यू बुलबुले अटो सेल्स सुर्खेतबाट २ लाख १४ हजार रुपैयाँमा एक्टिभ स्कुटर खरिद गरेपछि होण्डाको तेस्रो ‘व्हील अफ फर्चन’ अन्तर्गत उनलाई एक लाख रुपैयाँको पुरस्कार हात परेको हो । होण्डा कम्पनीले विगत केही वर्षदेखि ग्राहकका लागि दशैं तथा तिहार अफर योजना ल्याउने गर्दछ । हरेक हप्ता लकी ड्रा मार्फत एक जना छनौट गरी अफर योजना अवधिभर छनौट भएकाहरु मध्ये एकलाई लखपति योजनामा सहभागी गराउने न्यू बुलबुले अटो सेल्सका प्रबन्ध निर्देशक भद्र भण्डारीले जानकारी दिए । उनले हरेक हप्ता लकी ड्रा मार्फत एक लाख रुपैयाँ विजेता भएका मध्येबाटै चिठ्ठा मार्फत बम्पर उपहारका लागि लखपति योजनामा सहभागी गराइने बताए । उनका अनुसार दशैं तथा तिहारको अफर योजना अवधिमा होण्डाका जुनसुकै बाइक एवं स्कुटर खरिद गर्ने ग्राहकले स्क्¥याच कुपनमार्फत विभिन्न पुरस्कार पाउने गरेका छन् ।


होण्डा मोटरसाइकल एवं स्कुटरको सुर्खेतका लागि आधिकारिक विक्रेता न्यू बुलबुले अटो सेल्सले हरेक वर्ष १ हजार तीन बढी मोटरसाइकल तथा स्कुटर विक्री गर्दे आईरहेको जनाएको छ । बजारमा होण्डाको १ लाख ६५ हजार ९ सय रुपैयाँदेखि ३० लाख ५० हजार रुपैयाँसम्मको बाइक विक्री भइरहेका छन ।

Translate »