प्रहरीले शंकास्पद व्यक्तिको कट्टु फुकालेपछि …

गुप्तांगमा लुकाईएको ब्राउनसुगरसहित थापा पक्राउ

स्काई न्यूज/ मंसिर १४, सुर्खेत ।
प्रहरीको ईच्छाशक्ति भएपछि न्यून स्रोत साधनका बाबजुद राम्रो परिणाम ल्याउँछ भन्ने उदाहरण सुर्खेतमा पेश भएको छ । कानून विपरित काम गर्ने जोसुकै भएपनि प्रहरीको नियत र निष्ठा सही भएपछि जतिसुकै लुकाईएका घटनाको पर्दाफास गराएरै छाड्छ । यस्तै उदाहरण शुक्रबार साँझ साढे ६ बजे वीरेन्द्रनगरको सुब्बाकुनामा कट्टुभित्र लुकाएर ल्याईएको प्रतिबन्धित लागुऔषध (ब्राउनसुगर) ओसारपसार गरिरहेका एक जना युवकलाई सुर्खेत प्रहरीले रंगेहात पक्राउ ग¥यो । नेपालगञ्जबाट सुर्खेत आउँदै गर्दा लागुपदार्थसहित बर्दियाको मधुबन नगरपालिका–५, शान्तिपुरका दिनेश थापालाई प्रहरीले पक्राउ गरेको हो ।

प्रहरीका अनुसार थापाले ३० ग्राम १ सय ३० मिलीग्राम ब्राउनसुगर गोजी बनाई गुप्तांगमा लुकाएर ल्याएका थिए । ‘चेकजाँच गर्दा पनि पत्ता नलागोस् भनेर गुप्तांगमा लुकाएर ल्याएको रहेछ,’ चेकजाँचमा खटिएका प्रहरी हवल्दार लालबहादुर परियारले भने, ‘छामछुमगर्दा गुप्तांग र ब्राउनसुगर छुट्याउन मुश्किल थियो, कट्टु खोल्दा ब्राउनसुगर पत्ता लाग्यो ।’ उनको साथबाट ब्राउनसुगर बिक्री गरी ल्याएको ८४ हजार ८ सय २० रुपैयाँ नगदसमेत प्रहरीले बरामद गरेको छ । नेपालगञ्जबाट भे ५ प–४७७१ नम्बरको स्कुटरमा सुर्खेत आउँदै गर्दा सुब्बाकुना चेकपोष्टमा प्रहरीले थापालाई पक्राउ गरेको हो । थापाको विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।

Translate »