दैलेखमा माईक्रोबस दुर्घटना हुँदा ३ जनाको मृत्यु, १५ घाइते

स्काई न्यूज /मंसिर १३ सुर्खेत ।
सुर्खेतबाट दैलेख जाँदै गरेको माईक्रो बस दुर्घटना हुँदा तीन जनाको मृत्यु हुनुका साथै १५ जना घाइते भएका छन् । भे १ ज १०२९ नम्बरको माईक्रोबस गुराँस गाउँपालिका–४ मंग्रामा शुक्रबार दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय दैलेखले जनाएको छ । मृत्यु हुनेमा वीरेन्द्रनगर–३ तातापानीका थिरबहादुर सुनार, दैलेख बासी घर भई हाल बर्दियाको मधुवन नगरपालिका–६, का नामबहादुर बडुवाल र उनका श्रीमती कमला बडुवाल रहेका छन् ।

दुर्घटनामा तीन बालबालिकासहित १५ जना घाइते भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय दैलेखका असई ओमप्रकाश कुर्मीले जानकारी दिए । घाइतेहरुको कर्णाली प्रदेश अस्पताल सुर्खेतमा उपचार भइरहेको छ । तीव्र गतिका कारण अनियन्त्रित भई सडकबाट झण्डै १५० मिटर तल खसेको हुन सक्ने प्रहरीको अनुमान छ । माईक्रो बस दुर्घटनापछि फरार चालकको खोजी कार्य भईरहेको प्रहरीको भनाइ छ ।

Translate »