बलात्कारको आरोपमा साल्ट ट्रेडिङ्ग सुर्खेतका प्रमुख पक्राउ

स्काई न्यूज /मंसिर ११, सुर्खेत ।
बलात्कारको आरोपमा साल्ट ट्रेडिङ्ग कर्पोरेशन लिमिटेड सुर्खेतका प्रमुख पक्राउ परेका छन् । बलात्कार आरोप लागेपछि एक महिनादेखि फरार साल्ट टे«डिङ्ग सुर्खेत प्रमुख रामबाबु गुप्ता गत विहीबार जिल्ला प्रहरी कार्यालय सुर्खेतमा आत्मसर्मपण (सलेण्डर) गरेका हुन् । नौकरी लगाई दिने झाँसा दिएर एक स्थानीय युवतीलाई कार्यालयमै बोलाएर बलात्कार गरेको उजुरी जिल्ला प्रहरी कार्यालयमा परेपछि गुप्ता फरार थिए । असोज २५ गते साँझ अफिस र आवास एउटै तलाको फ्लाटमा रहेको कोठामा लगेर गुप्ताले जबरजस्ती बलात्कार गरेको पीडित युवतीले दिएको जाहेरीमा उल्लेख छ । गुप्ताले ती युवतीलाई जबरजस्ती करणी गरेपछि भिडियो बनाएको डर देखाएर असोज २८ र ३० गतेपनि बलात्कार गरेको पीडितको आरोप छ ।

पिडितले उजुरी गरेपछि प्रहरीले अनुसन्धान शुरु गर्दा बलात्कार भएको हो भन्ने निष्कर्षमा पुगेपछि मुद्दा दायर भएको हो । युवतीको निवेदनको आधारमा गुप्ता विरुद्ध जवरजस्ती करण गरेको अभियोगमा मुद्दा दर्ता भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रमुख प्रहरी उपरीक्षक डिल्लीराज पन्तले जानकारी दिए । उनले करणी गरेको आरोपमा हिरासतमा रहेका गुप्ता माथि अहिले विस्तृत अनुसन्धान भईरहेको बताए । प्रहरीले गुप्ता माथि अनुसन्धान भईरहेको बताएपनि पीडित पक्षले भने गुप्ताले विभिन्न मान्छे लगाएर घटनालाई ढाकछोप गर्न पैंसाको बार्गेनिङ्ग गरिरहेको आरोप लगाएका छन । पीडकलाई कानूनी दायरामा ल्याएर आफुहरुलाई न्याय दिलाउन पीडित पक्षको माग छ । यता सुर्खेत स्थित विभिन्न संघ संगठनले घटनाको सत्यतथ्य पत्ता लगाई पीडितलाई न्याय दिलाउन माग गरेका छन् । साल्ट ट्रेडिङ्ग जस्तो एक जिम्मेवार संस्थाको प्रमुखले नौकरीको लालच देखाएर सिधासाधा युवतीलाई जवरजस्ती बलात्कार गर्ने गुप्तालाई हदैसम्मको कारवाही हुनु पर्ने उनीहरुको माग छ ।

Translate »