पूर्णकालिन प्रधानाध्यापक श्रेष्ठ सम्मानित

स्काई न्यूज /मंसिर ७, सुर्खेत ।
सुर्खेतको वीरेन्द्रनगर स्थित जन नमूना माध्यमिक विद्यालयका पूर्णकालिन प्रधानाध्याक यामबहादुर श्रेष्ठ फेरी सम्मानित भएका छन् । नेपाल शिक्षक संघ नगर कार्यसमिति वीरेन्द्रनगरले शनिबार आफ्नो दोस्रो नगर प्रतिनिधि सभा कार्यक्रममा पूर्णकालिन प्रधानाध्यापक नियुक्त भएको उपलक्ष्यमा श्रेष्ठलाई बधाई तथा सम्मान दिएको हो ।

कार्यक्रममा वीरेन्द्रनगर नगरपालिकाका प्रमुख देवकुमार सुवेदी, नेपाल शिक्षक महासंघका राष्ट्रिय उपाध्यक्ष तीर्थजंग शाही तथा खगिसरा शाहीलगायतले श्रेष्ठलाई बधाई तथा कार्यकाल सफलताको शुभकामना दिएका थिए । नगर प्रतिनिधि सभाले नेपाल शिक्षक संघ वीरेन्द्रनगर क्षेत्रको सांगठनिक अवस्था तथा गतिविधि माथिको प्रतिवेदन उपर छलफल, सुझावसहित पास गरेको छ ।

Translate »