सुर्खेतबाट दैलेख जाँदै गरेको फोर्स गाडी दुर्घटना

स्काई न्यूज /मंसिर १, सुर्खेत ।
सुर्खेतबाट दैलेख जाँदै गरेको फोर्स गाडी दुर्घटना हुँदा १० यात्रु घाइते भएका छन् । दैलेखको गुराँस गाउँपालिका–४, रिठ्ठामा आईतबार साँँझ बा ५ ख १८९० नम्बरको फोर्स गाडी अनियन्त्रित भएर दुर्घटना हुँदा १० जना यात्रु घाइते भएका हुन् । घाइते मध्ये ४ जना गम्भीर छन् भने ६ जना सामान्य घाइते भएको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ । दैलेखका प्रहरी प्रमुख हरिबहादुर वलीका अनुसार रानीमत्ता प्रहरी चौकीबाट खटिएको प्रहरी सहायक निरीक्षक चन्द्रलाल गिरीको टोलीले घाइतेको उद्दार गरेर उपचारका लागि सुर्खेत पठाएको हो । घटना लगत्तै चालक फरार रहेकाले खोजी कार्य तीव्र पारिएको प्रहरीको भनाइ छ ।

Translate »