कर्णालीमा मोडेल कलेजको अग्रता कायमै

स्काई न्यूज /मंसिर १, सुर्खेत ।
गुणस्तरीय शिक्षाका लागि कर्णाली प्रदेशमै सुर्खेत मोडेल कलेजले आफ्नो अग्रता कायम गर्दे आईरहेको छ । हालै त्रिभुवन विश्वविद्यालयले प्रकासित गरेको समग्र स्नातक तह वीवीएस कार्यक्रम तर्फको परीक्षामा कलेजले कर्णाली प्रदेशमै प्रथम स्थान हासिल गरेको हो । त्यस्तै वीवीएस चौथो वर्षको नतिजामा कलेजका छात्र युवक चपाईले ७९.८ प्रतिशत अंक ल्याएर कर्णाली प्रदेशमै दोस्रो स्थान हासिल गरेको छन् ।

प्रदेशकै उत्कृष्ट सुर्खेत मोडेल कलेजले चौथो वर्षको नतिजा अनुसार परीक्षामा सहभागि कुल विद्यार्थी ११८ जना मध्ये ५ जना विशिष्ट श्रेणीमा, ५० जना प्रथम श्रेणीमा र ५६ जना द्वितिय श्रेणीसहित १११ जना विद्यार्थी उर्तिण भएको क्याम्पस प्रमुख गणेश आचार्यले बताए । उनले पश्चिम नेपालकै व्यवस्थापन संकायको सर्वोत्कृष्ट तथा अग्रणी मोडेल कलेजले विगतमा जस्तै यस वर्ष पनि उत्कृष्ट नतिजा प्राप्त गरेको जानकारी दिए । उनका अनुसार कलेजले स्नातक तहमा सेमेस्टर प्रणालीमा वीआईएम, बीएचएमका साथैे एमवीएस कार्यक्रम समेत सञ्चालन गरि रहेको छ ।


वीवीएस चौथो वर्ष स्नातक स्तरको कार्यक्रम तर्फका  परीक्षामा करिब ९४.०६ प्रतिशत विद्यार्थी उर्तिण गराउन सफल भएको कलेजले जनाएको छ । कलेजले कर्णाली प्रदेशमै गुणस्तरीय शिक्षाका लागि आफ्नो पहिचान उच्च बनाउँदै आएको कलेजका सञ्चालक देवेन्द्रकुमार वाग्लेले बताए ।

Translate »