साना किसान सहकारीले शीत भण्डार बनाउने

स्काई न्यूज /कार्तिक ३०, सुर्खेत ।
साना किसान कृषि सहकारी संस्थाले शीत भण्डार बनाउने भएको छ । संस्थाले शनिबार आफ्नो २२ औं वार्षिक साधारण सभाको अवसर पारेर किसानको बढ्दो मागलाई मध्यनजर राखेर शीत भण्डार बनाउन लागेको हो ।


शीतभण्डार बनेपछि यस क्षेत्रका उत्पादित कृषिजन्य वस्तुको भण्डारण गरि उचित मूल्यको विक्री वितरणबाट कृषकको जीवनस्तर माथि उठाउन टेवा पुग्ने अपेक्षा राखिएको छ । वार्षिक साधारण सभामा वीरेन्द्रनगर नगरपालिकाका प्रमुख देवकुमार सुवेदीले सहकारीले चालेका सकारात्मक कामका लागि आफूलेसक्दो सहयोग गर्ने बचन दिए ।

वीनपा–९, का वडा अध्यक्ष सुरेश मानन्धरले सहकारीले बनाउन लागेको शीत भण्डारका लागि वडा कार्यालयबाट ५ लाख रुपैयाँ सहयोग गरिने घोषणा गरे । कार्यक्रममा सहकारीका अध्यक्ष नरेन्द्रनाथ योगी, कोषाध्यक्ष शान्तिकुमारी सिंह, प्रवन्धक माया श्रेष्ठले संस्थाको प्रगति विवरण, आर्थिक विवरण तथा अन्य गतिविधि बारे जानकारी दिएका थिए । सोही अवसरमा विभिन्न विधाका उत्कृष्ट सदस्यलाई पुरस्कार समेत वितरण गरिएको थियो ।

Translate »