सुर्खेतमा व्यसायिक कालिज पालन

 

स्काई न्यूज/कार्तिक २५, सुर्खेत ।
सुर्खेतमा एचके अर्गानिक वाइड एण्ड् अर्गनाईजेशन रिसर्च प्रालिले वीरेन्द्रनगर–१३, रातानाङ्लामा व्यवसायिक रुपमा कालिज फर्मको सुरुवात गरेको छ । प्रालिले ८८ लाख रुपैयाँको लगानीमा फ्रान्समा पाइने ५२ प्रजातिका कालिज मध्ये रिङनेक प्रजातिको कालिज पालन सुरुवात गरेको हो । ‘समृद्धिको आधार व्यवसाय रोजगार’ भन्ने मुल नाराका साथ व्यवसायिक फर्मको सुरुवात गरिएको प्रालिका सञ्चालक हस्तबहादुर शाहीले जानकारी दिनु भयो । २० रोपनी जग्गा १० बर्ष लिजमा लिइएको फर्ममा हाल एक हजार २ सय कालिज पालिएका छन् । प्रालिले भाद्र महिनादेखि कालिज पाल्न सुरु गरेपनि अझै चल्लाहरु आउने क्रम जारी रहेकाले बिस्तारै ४ हजार बढि पु¥याउने लक्ष्य राखेको छ । फ्रान्सेली कालिजको मुल्य एउटाको ३५ सय तोकिएको छ । कर्णाली प्रदेश सरकारले लिएको समृद्धिको नारालाई सहयोग गर्ने मुख्य उद्देश्यका साथ सुरु गरिएको फर्र्मलाई आवश्यकता अनुसार व्यवसायलाई विस्तार गर्दै लैजाने योजना बनाएको सञ्चालक शाही बताउनु हुन्छ ।

Translate »