साईकल दुर्घटनामा दुई जना घाइते

४ वटा दाँत भाँच्चिए

स्काई न्यूज/कार्तिक २५, सुर्खेत ।
सुर्खेत सदरमुकाम वीरेन्द्रनगरमा साईकल दुर्घटना हुँदा दुई जना घाइते भएका छन् । आइतबार वीरेन्द्रनगरको गणेशचोकमा टिकाराम बस्यालले चलाएको साईकलले जाजरकोट नलगाड घर भई वीनपा–५, बस्दै आईरहेका पैदल यात्रु कृष्ण बस्नेतलाई ठक्कर दिँदा दुबै जना घाइते भएका हुन् । साईकल दुर्घटनामा परि बस्यालका ४ वटा दाँत भाँच्चिनुका साथै मुखमा चोट लागेको जिल्ला जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । बस्यालको स्थानीय माया नर्सिङ्ग होममा उपचार भईरहेको छ भने कृष्णको कोहलपुर मेडिकल कलेजमा उपचार भईरहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी (डीएसपी) रवि रावलले जानकारी दिए ।

Translate »