पाँच नम्वर प्रदेश सरकार र नेपाल टेलिभिजन वीच सम्झौता

स्काई न्यूज/कार्तिक २४, बुटवल ।
पाँच नम्वर प्रदेश सरकार र नेपाल टेलिभिजन वीच कार्यक्रम निर्माण तथा प्रसारण गर्ने बारे एक सम्झौता भएको छ । पाँच नम्वर प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्रालयका सचिव शंकरप्रसाद खरेल एवं नेपाल टेलिभिजनका कार्यकारी अध्यक्ष डाक्टर महेन्द्र बिष्ट वीच टेलिभिजन कार्यक्रम निर्माण तथा प्रसारण गर्ने बारेमा आइतबार बुटवलमा सम्झौंता भएको हो ।

सम्झौता अनुसार पाँच नम्वर प्रदेशका आर्थिक, राजनीतिक, विकास निर्माण, सांस्कृतिक लगायतका क्रियाकलापलाई समेटेर नेपाल टेलिभिजनले प्रदेश डायरी, सम्बृद्ध प्रदेश, चेतनामुलक सन्देशलगायतका कार्यक्रम निर्माण गरी नेपाल टेलिभिजन कोहलपुरबाट प्रसारण गर्नेछ । कार्यक्रममा आन्तरिक मामिला तथा कानून मन्त्री कुलप्रसाद केसीले नेपाल टेलिभिजनले सरकार तथा जनता वीचमा पुलको काम गर्दे आईरहेकाले सरकारका क्रियाकलापलाई जनतासम्म पु¥याउन महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा राखें । नेपाल टेलिभिजनका कार्यकारी अध्यक्ष बिष्टले बिगतदेखि नै पाँच नम्वर प्रदेश सरकारले नेपाल टेलिभिजनसँग सहकार्य गर्दै आईरहेको स्मरण गर्दे आगामी दिनमा समेत सम्बन्धलाई थप प्रगाढ एवं मैत्रीपूर्ण बनाईने  प्रतिवद्धता व्यक्त गरेको नेपाल टेलिभिजनका कोहलपुर प्रमुख विजय वर्माले जानकारी दिए ।

Translate »