वर्षभरी एउटा मात्र उद्योग दर्ता

स्काई न्यूज/ कार्तिक २४, सुर्खेत ।
आर्थिक वर्ष ०७५÷७६ मा देशभर ४ सय ३६ वटा उद्योगहरु दर्ता भए । त्यसमध्ये कर्णाली प्रदेशमा भने यो आवमा केवल एउटा उद्योग दर्ता भएको छ । सुर्खेत वीरेन्द्रनगरको वडानम्बर ८ मा हिमालयन माउन्टेन कफी प्रोडक्सन प्रालि सञ्चालनमा आएको हो । यसले १५ जनालाई रोजगारी दिएको छ । यो उद्योगमा कुल ५० लाख पूँजी लगानी भएको विभागको तथ्याङ्कमा उल्लेख छ ।

प्रदेश ५ मा २५ वटा उद्योग गत वर्ष दर्ता भएका छन् । १८ अर्ब ४२ करोड ३६ लाख रुपैयाँ कुल पुँजी लगानी हुने यी उद्योगमा २ हजार ८ जनालाई रोजगारी मिल्ने छ । सुदूरपश्चिम प्रदेशमा गत आवमा ७ वटा उद्योग दर्ता हुँदा तिनीहरुको कुल पुँजी ११ अर्ब ७३ करोड ३४ लाख रुपैयाँ छ । यी उद्योग सञ्चालनमा आएपछि ५९३ जनाले रोजगारी पाउने बताइएको छ । उद्योग विभागको तथ्याङ्कअनुसार देशैभरी एक वर्षमा स्वदेशी लगानीका २ खर्ब ८२ अर्ब ६७ करोड ९२ लाख रुपैयाँ कुल चुक्ता पुँजी उद्योग क्षेत्रमा भित्रिएको छ । यी उद्योगले २२ हजार ९ सय ६१ जनालाई रोजगारी प्रदान गर्ने आशा छ ।

Translate »