जन नमूना माविले सम्झियो स्वर्गीय जिसीलाई

स्काई न्यूज /कार्तिक २१, सुर्खेत ।
जन नमूना माध्यमिक विद्यालय वीरेन्द्रनगरले आफ्ना पूर्व विद्यालय व्यवस्थापन समितिका अध्यक्ष स्वर्गीय ओमबहादुर जिसीलाई सम्झिएको छ । सुर्खेतका प्रतिष्ठित राजनीतिज्ञ एवं समाजसेवी स्वर्गीय जिसीको १३ औं दिनको पूण्यतिथिमा जन नमूनाले विहीबार विद्यालय प्रागंणमा शोक सभाको आयोजना गरि सम्झिएको हो ।

विद्यालयले आफ्ना पूर्व विव्यस अध्यक्ष जिसीको सम्मानमा शोक सभाको आयोजना गरि श्रद्धान्जलीसहित शोकसन्तप्त परिवारजनप्रति हार्दिक समवेदना समेत व्यक्त गरेको छ । विद्यालयका प्रधानाध्यापक यामबहादुर श्रेष्ठले राजनीतिज्ञ, समाजसेवी तथा निर्भिक व्यक्तित्व जिसीले विद्यालयको शैक्षिक ईतिहासमा अतुलनिय योगदान पु¥याएको बताए । उनले स्वर्गीय जिसीको जति प्रशंसा गरेपनि कम हुने उल्लेख गरे । त्यस्तै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गोविन्दबहादुर कोइरालाले स्वर्गीय जिसीको उच्च योगदान फलस्वरुप नै विद्यालयले आफ्नो चौतर्फी विकासमा फड्को मारेको बताए । उनले जिसीको निधनले सुर्खेतले एक असल राजनीतिज्ञ एवं सुपरिचत समाजसेवी गुमाएको जिकिर गरे ।

शोक सभामा शिक्षक अभिभावक संघका अध्यक्ष विमल नेपाली, सहायक प्रधानाध्यापक गोपीकृष्ण ढकाल, शिक्षक, कर्मचारीसँगै विहानी तथा दिवा सत्रका विद्यार्थी भाईबहिनीहरुले स्वर्गीय जिसीप्रति हार्दिक श्रद्धान्जली व्यक्त गरेको विद्यालयका सूचना अधिकारी लोकप्रसाद ढकालले जानकारी दिए ।

Translate »