आईटी क्षमता अभिबृद्धि प्रशिक्षण

स्काई न्यूज / कार्तिक २०, सुर्खेत ।
कम्प्यूटर एशोसियशन नेपाल (क्यान) महासंघ सुर्खेतले युवा पुस्ताका लागि आईटी क्षमता अभिबृद्धि प्रशिक्षण दिएकोछ । यूनाईट्स नेपालको सहकार्यमा क्यान सुर्खेतले बुधबार वीरेन्द्रनगरमा नयाँ पुस्ताका युवालाई आईटीको बारेमा जानकारी दिने उद्देश्यले एक दिने निशुल्क प्रशिक्षण दिएको हो ।

प्रशिक्षणमा यूनाईट्स नेपालका हृदयमान श्रेष्ठले अहिलेको समयको माग अनुसार यूवा पुस्तालाई आईटीको सही प्रयोग तथा लाभको बारेमा जानकारी दिएका थिए । कार्यक्रममा क्यान महासंघ कर्णाली प्रदेश अध्यक्ष प्रेमप्रकाश चन्द, सु्र्खेत शाखाका अध्यक्ष तिलकप्रसाद आचार्य, सचिव प्रवासकुमार शाक्य, सहसचिव लोकेन्द्रबहादुर गिरी लगायतले आईटीको विस्तार तथा आवश्यकताका बारेमा आ–आफ्ना धारणा राखेका थिए ।

Translate »