कृषि तथा पशुपन्छी प्रशिक्षण केन्द्र स्थापना

स्काई न्यूज/कार्तिक १७, सुर्खेत ।
कर्णाली प्रदेश भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले नयाँ कार्यालय स्थापना गरेको छ । मन्त्रालयले आइतबार सुर्खेतको वीरेन्द्रनगरमा साविकको पशु सेवा तालिम केन्द्र र कृषि व्यवसाय प्रवद्र्धन सहयोग तथा तालिम केन्द्रलाई एकीकृत गरेर कृषि तथा पशुपन्छी व्यवसाय प्रवद्र्धन प्रशिक्षण केन्द्र स्थापना गरि विधिवतरुमा उद्घाटन गरेको हो ।


उद्घाटन कार्यक्रममा भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका सचिव राजेन्द्रप्रसाद भारीले मानव संसाधन विकास केन्द्रको रुपमा एउटै प्रवृत्तिका कार्यालयलाई एकीकृत गर्नु परेको जानकारी दिए । उनले कृषक तथा प्राविधिक कर्मचारीलाई समय सापेक्ष उन्नत प्रविधि तथा समता विकास गर्ने उद्देश्यले कृषि तथा पशुपन्छी व्यवसाय प्रवद्र्धन प्रशिक्षण केन्द्र स्थापना गरिएको बताए ।

त्यस्तै कृषि विकास निर्देशनालयका निर्देशक चित्रबहादुर रोकायले प्रदेशको समृद्धिका लागि विकास निर्माण गरि नागरिकलाई घरदैलोमै चुस्तदुरुस्त सेवा पु¥याउने उद्देश्यले एकै प्रकृतिका कार्यालयलाई एकीकृत गर्दै नयाँ कायालय स्थापना गर्ने अभियान शुरु भएको जनाए । उनले एकीकृत कार्यालयबाट नागरिकलाई सेवा सुविधा प्रवाह गर्न थप बल पुग्ने बताए । यस्तै पशु पन्छी तथा मस्य विकास निर्देशनालयका निर्देशक डाक्टर टंक प्रसाईले नयाँ स्थापित प्रशिक्षण केन्द्रलाई आवश्यक अपेक्षा अनुसारको सेवा उपलब्ध गराउने प्रतिवद्धता व्यक्त गरे ।


कार्यक्रममा भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका वरिष्ठ कृषि अर्थ विज्ञ हरिप्रसाद पण्डित, कृषि तथा पशुपन्छी व्यवसाय प्रवद्र्धन प्रशिक्षण केन्द्रका प्रमुख पूर्णलाल सापकोटा, पशु विकास अधिकृत कृष्णप्रसाद पंगेनी, कृषि प्रसार अधिकृत बखतबहादुर खड्का, प्रशासन अधिकृत नृपजंग शाहीलगायतको सहभागिता रहेको थियो ।

 

Translate »