घण्टाघर चोकमा बसको ब्रेक फेल हँदा ३ घाइते

स्काई न्यूज /कार्तिक १६, सुर्खेत ।
सुर्खेतको वीरेन्द्रनगर–६, घण्टाघर चोकमा बसको ब्रेक फेल भएर दुर्घटना हुँदा तीन जना घाइते भएका छन् । बाँकेको कोहलपुरदेखि पिकनिक खान वीरेन्द्रनगर–१४, कट्कुँवाबाट फकिँदै गर्दा शनिबार साँझ घण्टाघर चोक नजिकै भे १ ख २९१७ नम्वर बसको ब्रेक फेल भएर रुखमा ठोक्किन पुग्दा उनीहरु घाइते भएका हुन् । घाइते हुनेमा नेपालगञ्ज उपमहानगरपालिका–१९, निवासी लिला बुढाथोकी, आकाश थापाक्षेत्री र नरेन्द्र उपाध्याय रहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । घाइते लिला र आकाशको प्रदेश अस्पताल कालागाउँमा उपचार भईरहेको छ भने नरेन्द्रको माया नर्सिङ्ग होममा उपचार भईरहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी (डीएसपी) रवि रावलले जानकारी दिए । उनका अनुसार घाईते सबैको अवस्था सामान्य रहेको छ । बसका चालक तथा सह–चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान भईरहेको उनको भनाइ छ ।

Translate »