सुर्खेतमा कुखुराको खोरबाट ६ जुवाडे पक्राउ

स्काई न्यूज / कार्तिक ९, सुर्खेत ।
जिल्ला प्रहरी कार्यालय सुर्खेतले वीरेन्द्रनगर–२, खोलीगाउँमा कुखुराको खोरबाट ६ जुवाडेलाई रंगे हात पक्राउ गरेको छ । कुखुरा पालनका लागि बनाईएको खाली खोरमा जुवातास भईरहेको सूचना पाएपछि प्रहरीले शनिबार खोलीगाउँमा तास, कौडा, ८१ हजार ८ सय ९५ रुपैयाँ नगदसहित ६ जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा वीरेन्द्रनगर–९, का गोपाल गुरुङ, सरोज बस्नेत, राजन गिरी, मनोज पन्त, नानुसिंह ठकुरी र मुकुन्द मानन्धर रहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी (डीएसपी) रवि रावलले बताए । उनले ती जुवाडेलाई फौजदारी अपराध संहिता परिछेच्द ५ को दफा १२५ बमोजिम पहिलो पटकको हकमा तीन महिना कैदसहित ३० हजार रुपैयाँ जरिवाना गर्ने व्यवस्था रहेको जानकारी दिए । उनका अनुसार प्रहरी नियन्त्रणमा रहेका जुवाडे माथि थप अनुसन्धान कार्य भईरहेको छ ।

Translate »