‘गाउँकै पहिलो एसएलसी होल्डर हँदाको खुशी’

‘म सानो छदाँ’

दैलेखको चामुण्डा बिन्द्रासैनी नगरपालिका–४, का पिता मानबहादुर शाही तथा माता अमृता शाहीको कोखबाट २०२९ साल बैशाख ८ गते माईलो सन्तानको रुपमा जन्मिनु भएका भूपेन्द्रबहादुर शाही अध्ययनमा असाध्यै मेहनती, ईमानदार छवि भएको व्यक्तिको रुपमा परिचित हुनुहुन्छ । २०५० साल देखि शिक्षण पेशामा संलग्न शाही हाल सुर्खेत क्याम्पस शिक्षाका प्राचार्य हुनुहुन्छ । कुशल व्यवस्थापकसँगै ‘आदर्श गुरु’ का रुपमा परिचित शाही नरम स्वभावसँगै तार्किक विचार राख्ने सशक्त नागरिक समेत हुनुहुन्छ । स्काई न्यूज सहकर्मी निशा सोनीले ‘म सानो छँदा’ स्तम्भका लागि उहाँको बाल्यकाल बारे गरिएको कुराकानीको सार ।

मेरो जन्म चामुण्डा बिन्द्रासैनी नगरपालिका–४, दैलेख जिल्लामा भएको हो । पिता मानबहादुर शाही तथा माता अमृता शाहीको कोखबाट २०२९ साल बैशाख ८ गते माईलो सन्तानको रुपमा जन्मिएको हुँ । मेरा १ दाई ४ दिदी र १ बहिनी हुनुहुन्छ । म सानै देखि शान्त र जिज्ञासु स्वभावको थिए । खासै नबोल्ने भएपनि साथीहरुसँग मिलेर बस्ने सबैलाई राम्रो व्यवहार गर्नेखालको मेरो बानी थियो । म ६ वर्षको उमेरदेखी पढ्न थालेको हुँ । हाम्रो परिवार सामान्य कृषक परिवारको थियो । खान लगाउन त्यति साह्रो दुःख नभएनी, पर्याप्त पनि थिएन् । सबैजनाले सधै पढ्नुपर्छ भन्ने हौसला र प्रेरणा दिनु हुन्थ्यो । मेरो पहिलो विद्यालय श्री धर्मदेव माध्यमिक विद्यालय आयरपाटा हो । मैले त्यहाँबाट कक्षा १, २, ३, ५, कक्षासम्म प्रथम भएको थिएँ । ४ कक्षा पढ्न जमुकाँध पुगेपछि ६ देखि १० कक्ष सम्म हिमालय डाँडीमाडी विद्यालय हो । म त्यहाँ पनि ६ देखि १० कक्षसम्म प्रथम नै भएँ । विद्यालय पढ्ने बेलामा ३ घण्टा विहान र ३ घण्टा साँझ हिड्नु पर्थ्यो । बाटोमा एउटा खोला तरेर जानु पर्थ्यो । १० बजे स्कूल पुग्न बिहान ६ बजे हिड्नु परथ्यो कहिलेकाहिँ त भोगभोकै पनि जानु पर्ने हुन्थ्यो । २०४७ सालमा हिमालय डाँडीमाँडीबाट एसएलसी पास गरेको हुँ । पहिले स्कूल जादाँ सर्ट र हाप पाइन्ट लगाएर जान्थे । पछि ६ कक्षा पढ्ने बेलामा पहिलो पटक स्टकोट पाइन्ट र जुत्ता लाएको थिए । घरमा आमा, दीदी भएकोले घरमा धेरै काम त गर्नु परेन् । तर विदाको समयमा चाँहि घास काट्न जाने गोठला जाने कामकाज गरेर बिताइन्थ्यो । मेरो पढाई मध्यम खालको थियो । गणित विषय बढी पढ्न मन पथ्र्यो । मनपर्ने शिक्षकको नाम लिनु पर्दा अमरबहादुर शाही र इन्द्रप्रसाद शर्मा सरको नाम लिन चाहन्छु । उहाँको पढाउने तरिकाबाट म साहै्र प्रभावित थिए । मेरो पे्ररणाको स्रोत पनी उहाँ नै हो । स्कुल पढ्दा मनपर्ने साथिहरु मध्ये लक्ष्मण बहादुर शाही थिए । हामी एकदम मिल्ने साथि हौं । १० कक्षा पास भएको दिन धेरै खुसी भएको थिएँ । किनभने त्यति बेला गाउँकै एसएलसी पास गर्ने पहिलो व्यक्ति म नै थिएँ । त्यति बेला गाउँकै पहिलो एसएलसी होल्डर हुँदाको त्यो खुशी आज पनि जिवन्त लाग्छ । ९ कक्षा पढ्ने बेलामा एक दिन म अनी २÷४ जना साथीहरु जंगलमा घाँस कट्न गएँ । घाँस काटेर घर फर्किदा बाटोमा एउटा खोला थियो । घरतिर पानी परेछ र जंगल तिर पानी परेको थिएन । हामीहरु घाँसको भारी बोकेर हिड्दै थियौं खोलामा एक्कासी बाढी आयो । त्यो अग्लो ठाँउ थियो । त्यसमा उक्लिँदा घाँसको भारी सँगै म पल्टे अनि साथीले हतार–हतार मलाई ताने । त्यो दिनको सम्झना आज पनि ताजै छ । बदमासी भन्नुपर्दा कहिलेकाहिँ टाढाबाट भोकाएर आको बेलामा खाजा भएन भने भाँडाहरुलाई यताउता फालिन्थ्यो । त्यति बेलाको पढाई आधुनिक नभए पनि व्यवस्थित थियो । सरहरुले पुरा कण्ठ गरेर आउनु भनेपछि कण्ठ गरेर नै आउनु पर्थ्यो । पहिलेको पढाई घोगन्ते थियो । घोगन्ते भएपनि हामीहरु अनुशासनमा बाँधिएका थियौं । सरहरुले दिएको काम गर्नुपर्छ, नभए सरले पिट्नु हुन्छ भन्ने एक प्रकारको डरले पनि पढ्ने बानीको विकास हुन्थ्यो । उति बेला हामी खरीले लेख्थ्यौं । पछि ६ कक्षामा पढ्ने बेलामा कलमले लेख्न शुरु गरेको थिएँ । अहिले टेक्नोलोजीको विकास भएको छ । पाठ्यपुस्तक, पाठ्यक्रम, शिक्षक तालिम प्राप्त छन् । अहिले यी सब छन् भने पहिले थिएन । त्यति बेलाको बच्चा र अहिलेका बच्चाको तुलना गर्ने हो भने अहिले सिकाई भन्दा पहिलेको सिकाई अब्बल थियो । किनभने त्यतिबेला हामी पढेको नबुझेसम्म घन्टौं लगाएर पढथ्यौं । अहिले सिकाई पहिलेको जस्तो छैन । मैले त्यो घोगन्टे शिक्षा आर्जन नगरेको भए म आज यो स्थानसम्म हुन्थेन । आज शिक्षाकै कारण म यस सुर्खेत क्याम्पस (शिक्षा) मा उपप्राध्यापक भएर काम गरिरहेको छु । त्यसैले मैले शिक्षादाई जीवन रुपान्तरणका लागि महत्वपुर्ण पाटोको रुपमा लिएको छु । अहिलेमा शिक्षण पेशामा निरन्तर लागेको छु । अहिलेको शिक्षाको परिदृश्य हेर्ने हो भने शिक्षा सिक्न चाहने सिकारुको लागि अत्यन्तै उपयोगी छ । किनभने अहिले पढ्नका लागि किताब खोज्नु पर्ने, लाइब्रेरी धाउनु पर्ने अवस्था छैन । अहिलेको शिक्षा एकदम व्यवहारिक छ । आजभोली विद्युतीय प्रणालीबाट जति जे खोजेर पढ्न सकिन्छ । पहिले शिक्षकहरु विषय वस्तु पढेको हुनुहुन्थ्योन । त्यती बेला शिक्षकको अभाव थियो तालीम प्राप्त शिक्षक हुनुहुन्थ्यो, परम्परागतशैलीको शिक्षण थियो । अहिले सबै शैक्षिक वातावरण आधुनिक छ । शिक्षाका लागि अहिले प्रचारप्रसार हुन्छ । विभिन्न टेक्नोलोजीको विकास भइसकेको छ । अहिले बच्चा घरमै बसेर सम्पूर्ण कुराहरु नेट सर्च गरेर ज्ञान आर्जन गर्न सक्छन् । त्यसैले अहिलेको अवस्था एकदम सहज र शुलभ छ । म विद्यार्थी भाईबहिनीहरुलाई के भन्न चाहन्छु भने अहिले २ प्रकारको शिक्षा छ एउटा गरी खाने शिक्षा र अर्को मरिजाने शिक्षा छ । अहिलेको शिक्षा प्रतिस्प्रर्धी छ । पढ्न जरुरी । आफ्नो भविष्य बनाउने आफैले हो । सिर्जनाको ढोका आफैले खोल्नु पर्छ । तर विद्यार्थीलाई अहिले जुन सन्देश दिईन्छ जुन लगानी गरिन्छ । त्यो लगानीले विद्यार्थीलाई दिर्घकाली असर पार्छ । त्यस कारणले आफ्नो समय निकालेर खेर नफाल्नुस् । कक्षामा शिक्षकले दिएको कक्षा कार्यमा सहभागी हुनुहोस् । शिक्षक खाली भएको समयमा आफ्नो जिज्ञासाहरु नजानेका कुराहरु सोध्नुहोस् अनि सिक्नुहोस । आफ्नो पढाईलाई कहिल्यै पनि कमजोर नठान्नुहोस् । आफ्नो खुट्टामा आफै उभिनुस । यसको लागि सही मन मष्तिक लगाएर पढ्नुस् । आफ्नो भविष्य सुरक्षित गर्नुहोस । यसका लागी यो समय तपाईको अवसर हो, यो अवसरलाई ग्रहण गर्नुहोस् । यी कुराहरुमा विद्यार्थी भाईबहिनीलाई म आग्रह गर्दछु ।

Translate »