सुर्खेतमा भाईको बञ्चरो प्रहारले दाजु घाइते

स्काई न्यूज /असोज २६, सुर्खेत ।
घरायसी विवादका कारण आइतबार पश्चिम सुर्खेतको बराहताल गाउँपालिका–४, कुटाका एक युवकले आफ्नै सहोदर दाजुलाई बञ्चरो प्रहरी गरी सख्त घाइते बनाएका छन् । एक घरका दुई दाजु भाई वीच वादविवाद हुँदा टिकाराम राजीले बञ्चरो प्रहार गरि दाजु हस्तबहादुर राजीलाई घाइते बनाएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।

घाइते हस्तबहादुरको सदरमुकाम वीरेन्द्रनगर स्थित स्थानीय माया नर्सिङ्ग होममा उपचार भईरहेको जिप्रका सुर्खेतका सूचना अधिकारी (डीएसपी) रवि रावलले बताए । उनले टिकारामसँगै बञ्चरोलाई नियन्त्रणमा लिएर थप अनुसन्धानका लागि ईलाका प्रहरी कार्यालय बाबियाचौरबाट प्रहरी निरीक्षक ज्ञानबहादुर खत्रीको टोलीलाई परिचालन गरिएको जानकारी दिए । उनका अनुसार अहिले घटना स्थलमा अस्थायी प्रहरी पोष्ट तरंगाको टोली खटिएको छ ।

Translate »