सुर्खेतमा सवारी दुर्घटना, २ जनाको मृत्यु

स्काई न्यूज /असोज २५, सुर्खेत ।
सुर्खेतमा भएका छुट्टाछुट्टै दुई सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । नेपालगञ्जबाट सुर्खेततर्फ आउँदै गरेको बा ३ ख–५२१६ नंम्वरको फोर्स गाडीको ढोकाबाट खसेर हर्रेमा शनिबार भेरीगंगा नगरपालिका–४, निवासी यमबहादुर खत्रीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । गाडीसँगै चालकलाई नियन्त्रणमा लिएर घटना बारे थप अनुसन्धान शुरु गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका सूचना अधिकारी (डीएसपी) रवि रावलले बताए ।

 

उनले अर्को सवरी दुर्घटना कालिकोटबाट सुर्खेततर्फ आउँदै गरेको कर्णाली प्रदेश ०२००१ ख १०७ नम्वरको फार्स गाडीले आइतबार वीरेन्द्रनगर–६ घण्टाघर लाईनमा ठक्कर दिँदा घाइते भएका हर्कबहादुर रोकायको उपचारका क्रममा शुक्रबार भारतको लखनऊमा मृत्यु भएको जानकारी दिए । उनका अनुसार गाडी चालक दैलेख निवारी मनबहादुर तिरुवालाई नियन्त्रणमा लिएर थप अनुसन्धान शुरु गरिएको छ ।

Translate »