रातानाङ्गला जीप दुर्घटनामा १ जनाको मृत्यु, ९ घाइते

स्कार्य न्यूज/असोज १९, सुर्खेत ।
सुर्खेत– दैलेख सडकखण्डको वीरेन्द्रनगर–१४, रातानाङ्गलामा बलेरो जीप दुर्घटना हुँदा एक जनाको मृत्यु हुनुका साथै ९ जना घाइते भएका छन् । नेपालगञ्जबाट जुम्लाका लागि छुटेको भे १ ज–१०८४ नम्वरको बोलेरो जिप आइतबार विहान अनियन्त्रित भएर दुर्घटना हुँदा जुम्ला जिल्ला हिमा गाउँपालिका–१, का २५ वर्षिय सुरेन्द्रकुमार शाहीको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।

 

घाइते चालकसहित ९ जनाको कर्णाली प्रदेश अस्पताल सुर्खेतमा उपचार भईरहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी (डीएसपी) रवि रावलले जानकारी दिए । जीप सडकदेखि एक सय मिटर तल खसेको उनको भनाइ छ ।

Translate »