चोरको आतंकले वीरेन्द्रनगरमा ‘हड्कम्पा’

पिपिराका नागरिक रातभरी जागाराम

आकाश तारा बयक /असोज ९ सुर्खेत ।
पहिलो घटनाः– मिति २०७६ भदौं १५ गते वीरेन्द्रनगर नगरपालिका–११, वडा कार्यालयको पार्किङ्ग गरेको ट्¥याक्टरका पार्टपूर्जा र औजार चोरले रातीको समयमा चोरी ग¥यो ।
दोस्रो घटनाः– मिति २०७६ भदौ २२ गते राती वीरेन्द्रनगर–११, काठकुँवामा गीता चपाईको घुम्ती फोडेर एक लाख मूल्य बराबरको समान चोरी भयो ।
तेस्रो घटनाः– मिति २०७६ भदौं ३० गते वीरेन्द्रनगर–११, वस्तीपुर निवासी प्रकाश लामिछानेको पसलको सटर तोडेर मोवाइलसँगै नगद रुपैयाँ चोरी भएको थियो ।
चौथो घटनाः– मिति २०७६ असोज १ गते वीरेन्द्रनगर–११, ढोलढुङ्गामा जिम्रेल खडकाको घरदेखि एलपिजि ग्यास सिलिण्डर र घरमा रहेका खाद्यवस्तु चोरी भयो ।
पाँचौं घटनाः– मिति २०७६ असोज ५ गते वीरेन्द्रनगर–११, पिपिराका दत्तलाल भट्टराईको घरबाट दिउँसै नगद एक लाख रुपैयाँसँगै सून, चाँदीका गहना चोरी भयो ।
छैठौं घटनाः– मिति २०७६ असोज ८ गते वीरेन्द्रनगर–११, पिपिराका हिमालय अधिकारी घरबाट सुनको जन्तरसँगै २५ हजार नगद तथा केही बहुमूल्य समानको चोरी ।
सातौं घटनाः– मिति २०७६ असोज ८ गते वीरेन्द्रनगर–११, प्रयागराज शर्माको घरको आडमा रहेको घुम्ती पसलका पाँच वटा ताला तोडेर नगदसँगै करिब २२ हजार रुपैयाँका खुद्रा समान चोरी भयो । उक्त घुम्तीमा चोरले यसअघि दुई पटक यस्तै प्रकृतिले चोरी गरि सकेको थियो ।
आठौं घटनाः– मिति २०७६ असोज ८ गते राती वीरेन्द्रनगर नगरपालिका–११, को वडा कार्यालयमा पार्किङ्ग गरि राखेको ट्¥याक्टरका पार्ट्स तथा औजार चोरी भयो ।
नवौं घटनाः– मिति २०७६ असोज ९ गते दिउँसै वीरेन्द्रनगर–११, का हेमप्रकाश बास्कोटाको घरमा ४० हजार नगदसँगै चार तोला सून चोरी भयो ।


माथि उल्लेखित घटनाहरु प्रतिनिधिमुलक भएपनि चोरले सुर्खेतको वीरेन्द्रनगरमा क्रमबद्ध चोरी गर्दे आईरहेको छ । चाडपर्व नजिकैसँगै वीरेन्द्रनगरका विभिन्न स्थानमा चोरले आतंक मच्चाएका छन् । चोरको उग्र गतिविधिबाट आतंकित भएर रातभर जागाराम बस्ने गरेको स्थानीय बासिन्दा बताउँछन् । पछिल्लो एक साता यता मात्र पिपिरा, वस्तीपुर, गाग्रेताल र ढोलढुङ्गाका १० वटा घर, घुम्ती पसलसँगै वीनपा–११, वडा कार्यालयको ट्¥याक्टरका पार्टपुर्जा, औजार चोरी भएका छन । चोरले दिउँसै घरमा राखिएका गरहना, नगद, सिलिण्डर ग्यास, चामल, पिठो समेत चोरी गरेर आतंक मच्चाएको छ । स्थानीय नागरिक प्रहरी प्रशासनको पहुँच कम पुगेकै कारण चोरले पिपिरा लगायतका क्षेत्रमा आतंक मच्चाएको ठहर गरेका छन् । चोरले दिउँसो र राती दुबै समय घर, पसल तथा घुम्तीमा लगातार चोरी गरिरहँदा समेत प्रहरी प्रशासनले चोरीलाई पक्रिने तर्फ कुनै एक्शन नलिनु आफैमा शंका उपब्जाएको सर्वसाधारणको गुनासो छ । प्रहरीलाई पटक–पटक चोरीका क्रमबद्ध घटनाको श्रृंखला बताउँदा समेत चोर पक्रिन नसक्नु आफैमा रहस्यमय भएको स्थानीय गीता कँडेलको भनाइ छ ।

यता वीनपा–११, का वडा अध्यक्ष नन्दलाल शर्माले वडाका विभिन्न स्थानमा चोरले गरगहना तथा नगद चोरी गरेर स्थानीय नागरिकलाई सास्ती दिईरहेको बताए । उनले दशैंतिहार जस्ता चाडबाड नजिकिँदै जाँदा चोरी तथा लुटपाटका घटना बढिरहेकाले प्रहरी प्रशासनलाई सुरक्षामा कडाई अुनरोध गरेको जनाए । यता प्रहरीले भने चोरीमा संलग्न व्यक्तिलाई अहिलेसम्म पक्राउ गर्न सकेको छैन । प्रहरी स्रोतका अनुसार विहीबार पिपिरा क्षेत्रबाटै ९ जनालाई पक्राउ गरि सोधपुछ गरेर छोडिएको बताएको छ । गरिवीका कारण चाडबाडका बेला चोरीका घटना बढ्ने गरेको सुरक्षाकर्मीहरुको विश्लेषण छ । चोरीका घटनाबाट जोगिनका लागि सुरक्षाको ख्याल गर्न प्रहरीले चाडबाडका बेला सर्वसाधारणलाई आव्हान गर्दै आएको छ ।


तर, प्रहरीले यस्तो बताएपनि नागरिकको धन, जनको सुरक्षा गर्नुपर्ने दायित्व रहेको स्थानीय प्रयागराज शर्मा बताउँछन् । उनले स्थानीय सुरक्षातन्त्र कमजोर भएकै कारण चोरले पिपिरामा श्रृंखलाबद्ध आतंक मच्चाईरहेको बताए । ‘सुरक्षा निकायका मानिसहरु आफ्नो कमजोरी लुकाउन नागरिकलाई दोष दिन्छन,’ उनले भने, ‘सबैले आ–आफ्नो कत्वर्य पुरा गर्न सके मात्र शान्ति सुरक्षा तथा अमन चयन कायम गर्न सकिन्छ ।’ उनले पछिल्लो एक महिना यता पिपिरामा क्रमिक चोरीका घटना भईरहँदा समेत प्रहरी प्रशासनले चोर पक्रिन नसकेर नागरिकको कमजोरी देखाउनु दुर्भाग्य भएको बताए । सुरक्षा निकायका जिम्मेवार पदाधिकारीहरुलाई यस सम्वाददाताले सम्पर्क गर्न खोज्दा फोनको घण्टी बजेपनि उठाउन चाहेनन् ।

Seen 10:52 PM

Translate »