काँक्रेविहार प्रालिको अध्यक्षमा रमेश सापकोटा

राजु केसी /असोज ८, सुर्खेत ।
सुर्खेत काँक्रेविहार यातायात प्राईवेट लिमिटेडको अध्यक्षमा रमेश सापकोट सर्वसम्मत चयन भएका छन् । सुर्खेतको वीरेन्द्रनगरमा बुधबार भएको प्रालिको प्रथम अधिवेशनले सापकोटाको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति चयन गरेको हो । अधिवेशनले प्रालिको वरिष्ठ उपाध्यक्ष खड्कप्रसाद जैसी (ढकाल), उपाध्यक्ष सन्तोष विष्ट, महासचिव कमलबहादुर खड्का, सचिव पंकज ढकाल, कोषाध्यक्ष दिनेशप्रसाद न्यौपाने, सह–सचिव नमन रावल तथा सदस्यहरुमा मनोज शाही, पदमसिंह विक, मुक्तिनाथ बराल र सोमराज अधिकारीलाई चयन गरेको छ ।


साविकको काँक्रेविहार यातायात व्यवसायी संघको रुपान्तरित सुर्खेत काँक्रेविहार यातायात प्रालिको प्रथम अधिवेशनलाई सम्बोधन गर्दे यातायात व्यवसायी राष्ट्रिय महासंघका वरिष्ठ उपाध्यक्ष विजयबहादुर स्वाँरले तीनै तहका सरकारले यातायात व्यवसायी तथा यातायात आवद्ध संघ, संगठनलाई अनुगमन, निगरानी गर्नुपर्ने बेला आएको बताए । उनले यात्रुलाई सहजरुपबाट गन्तब्यमा पु¥याउने काम यातायात ब्यवसायीको भएपनि त्यसको अनुगमन सरकारले नै गर्नुपर्ने जिकिर गरे । ‘कर्णाली सरकारले प्रदेशबाहिरबाट आउने अव्यवहारिक तथा पुराना यातायातका सावरी साधनलाई आउन रोक लगाउनु पर्छ,’ उनले भने, ‘सेवा दिने नाममा तथाकथित सवारी साधन अन्यत्रबाट प्रदेशमा भित्रिनुले ठूला लगानीका स्थानीय व्यवसायी मारमा पर्ने छन् ।’ उनले त्यस्ता अव्यवहारिक तथा खतरामा रहेका सवारी साधनलाई नियन्त्रण तथा नियमन गरि स्वच्छ प्रतिस्पर्धाको मूल्य मान्यता कायम गर्नु पर्नेमा जोड दिए । उनका अनुसार यातायात व्यसायी तथा यात्रुहरुका लागि मंसिर भित्र भाडा समायोजन गरिनु पर्छ ।

 

अधिवेशनमा कर्णाली प्रदेश ट्राफिक प्रहरी प्रमुख रामेश्वर यादवले प्रदेशलाई दुर्घटना रहित बनाउन प्रत्येक नागरिकले ट्राफिक नियमको पालना आफु बाटै शुरुवात गर्नुपर्ने औल्याए । उनले यातायातका सवारी साधनले नै यात्रुमैत्री वातावरण बनाउन सके मात्र दुर्घटना न्यूनिकरणमा टेवा पुग्ने उल्लेख गरे । लामो समयदेखि सुर्खेतबाट यातायात क्षेत्रमा सेवा पु¥याउँदै आएको साविकको काँक्रेविहार यातायात व्यवसायी संघ कम्पनी ऐन २०६३ को दफा ९ को उपदफा थप (१क) वमोजिम रुपान्तरित सुर्खेत काँक्रेविहार प्रालि भएको नवनिर्वाचित अध्यक्ष सापकोटाले जानकारी दिए । उनले यात्रुलाई भरपर्दो सेवाका लागि प्रालिले कुनै कसर बाँकी नराख्ने दावी गरे । प्रालिले सेवा नै धर्म ठानेर यातायात क्षेत्रलाई मर्यादित तथा सम्मानित बनाउन लागि पर्ने उनको भनाइ थियो ।

Translate »