सरकारबाटै खेलकुदलाई उपेक्षा गरिएको आरोप

खेल विकासका लागि पूर्वाधारमा लगानी बढाउन माग

असोज ८, सुर्खेत ।
सुर्खेतका खेलाडीले सरकारबाटै खेलकुदलाई उपेक्षा गरिएको आरोप लगाएका छन् । छिन्चु तेक्वान्दो दोजाङ्गले मंगलबार आयोजना गरेको खेलाडी सम्मान तथा विजयी¥यालीका सहभागी खेलाडीहरुले सरकार उपेक्षाकै कारण कर्णालीमा खेलकुद क्षेत्र पछाडि परेको बताएका हुन् । नेपाल तेक्वान्डो संघ कर्णाली प्रदेश अध्यक्ष लक्ष्मण कँडेलले विकासित मुलुकमा कुल बजेटको २५ प्रतिशत खेल क्षेत्रमा लगानी हुने गरेको भएपनि नेपालमा शुन्य प्रतिशतले खेल क्षेत्र फस्टाउन नसकेको बताए । उनले खेलकुदको पूर्वाधारलाई ग्रामीणक्षेत्रसम्म पु¥याउन सरकारले योजनावद्ध लगानीका कार्यक्रम ल्याउन आवश्यक रहेको औल्याए । ‘कर्णालीमा खेलकुदका गतिविधि बढाउन खेल तथा खेलाडीमा लगानी बढाउन आवश्यक छ,’ उनले भने, ‘सरकारी लगानी विनै कर्णालीका खेलाडीले अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धा गरेर विजयी हुनु महान उपलब्धी हो ।’ उनले पूर्वी सुर्खेतका भेरीगंगा नगरपालिकाको छिन्चु तेक्वान्दो दोजाङ्घका ७ खेलाडीले राष्ट्रिय प्रतियोगितामा गोल्डमेडल जीतेर ईतिहास रचेको जानकारी दिए । उनका अनुसार सरकारी सहयोग नभए छिन्चु तेक्वान्दो दोजाङ्घका ७ खेलाडी बेलायत र थाइल्याण्डमा हुने प्रतियोगितामा सहभागि हुन नसक्ने भएका छन् ।


कर्णाली प्रदेश सभा सदस्य ठम्मर विष्टले खेल अब खेल मात्रमा सीमित नरहेकाले व्यवसायिकरुपमा अगाडी बढ्नु पर्ने आवश्यक रहेको औल्याए । स्थानीय सरकारहरुले जग्गा उपलब्ध गराउन सके आफु खेल भवन निर्माणका लागि पूर्ण सहयोग गर्ने प्रतिवद्धता उनले जनाए । ‘खेलमा पर्याप्त सम्भावना र अवसरहरु हुँदैहुँदैपनि भौतिक पूर्वाधार अभावले उत्कृष्ट प्रतिभाहरु अगाडी आउन नसकेको सत्य नै हो्,’ उनले भने, ‘प्रदेश सरकार खेल तथा खेलाडीको विकासका लागि प्रतिवद्ध रहेकाले खेलका लागि जन सहभागितासहितको भौतिक संरचना निर्माणमा जुटौं ।’ उनले लगन, मेहनत र ईमानदारीबाटै सुखद परिणाम आउने भएकाले भविष्यको सुनौलो संसार निर्माणका लागि आजैबाट जुट्नु पर्नेमा जोड दिए । यता छिन्चु तेक्वान्दो दोजाङ्गका अम्मर विकले सरकारी उपेक्षाकै कारण कर्णालीका खेलाडीको कडा परिश्रम खेर गईरहेको बताए । उनले खेलकुदको पर्याप्त विकाससँगै नहुँदा आफ्नै बुलबुतामा अगाडी बढेका खेलाडीलाई आर्थिक समस्याले हैरानी हुने गरेको जनाए । ‘खेलाडीले खेलक्षेत्रमा लगानी बढाउन सरकारलाई पटक—पटक आग्रह गरेपनि कुनै सुनवाई नै हुँदैन,’ उनले भने, ‘खेलबाटै कर्णालीसँगै देशलाई नै चिनाउने खेलाडी भएपनि गतिलो खेलमैदान र संरचना अभावले सपना अधुरै रहने गरेका छन् ।’ सरकारले धेरै लगानी नगरेपनि खेल विकासको आवश्यकलाई पहिचान गरेर प्रोत्साहन गरेपनि धेरै राम्रा खेलाडी उत्पादन गर्न सकिने उनको भनाइ छ । कार्यक्रममा खेलप्रेमि तथा स्थानीय जनप्रतिनिधिहरुको सहभागिता रहेको थियो ।


यसैवीच हालै काठमाडौंमा सम्पन्न राष्ट्रिय तेक्वान्दो प्रतियोगिताका विजेता खेलाडीलाई सम्मान तथा पदक वितरण गरिएको छ । प्रतियोगिताका विजेता हेमन्त बाँकाबल, सिवा परियार, रिता विक, पार्वती विक, महेन्द्र विक, तिलक सुनार, सुदाम्सु वैश्य रेविका विक, भरत विक तथा प्रशिक्षक अम्मर विक अगामी अक्टुवरमा थाईल्याण्डमा हुने अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा सहभागि हुन आर्थिक कठिनाई भईरहेको बताएका छन् । स्थानीय र प्रदेश सरकारले सहयोग नगरे थाईल्याण्डमा हुने अन्तर्राष्ट्रियमा सहभागिता जनाउन नसकिने प्रशिक्षक अम्मर विकको भनाइ छ । नेपाल तेक्वान्डो संघ कर्णाली प्रदेश अध्यक्ष लक्ष्मण कँडेलले खेल तथा खेलाडीको विकासका लागि तीनै तहका सरकारले सहयोग गर्न आवश्यक रहेको औल्याए ।

Translate »