सुउवा संघका महासचिव लक्ष्मण कँडेल सम्मानित

असोज ४, सुर्खेत ।
सुर्खेत उद्योग वाणिज्य संघका महासचिव लक्ष्मण कँडेल सम्मानित भएका छन् । कँडेललाई फोकस नेपाल संस्थाले संविधान दिवसको अवसर पारेर शुक्रबार काठमाडौंमा अटोमोवाईल्स, सहकारी, खेलकुद तथा समाज सेवा मार्फत राष्ट्रको विकासमा अतुलनिय योगदान पु¥याए वापत विशेष सेवा सम्मानबाट सम्मानित गरेको हो ।


कँडेलले असिम अटो पाट्र्स, उज्जवल बहुउद्देश्यीय सहकारी, तेक्वाण्डो खेलको विकास तथा विभिन्न संघ संस्था मार्फत समाज एवं राष्ट्रलाई उच्च योगदान पु¥याउँदै आएकाले सम्मान गरिएको फोकस नेपालका अध्यक्ष रामचन्द्र पोखरेलले बताए । पूर्व उपप्रधान एवं ऊर्जा मन्त्री टोपबहादुर रायमाझी तथा पूर्व उपप्रधान एवं शिक्षा मन्त्री गोपालमान श्रेष्ठले संयुक्तरुपमा कँडेललाई सम्मानित गरेका हुन् । सम्मान कार्यक्रममा दुबै पूर्व उपप्रधानमन्त्रीहरुले बहुमुखी प्रतिभाका धनी कँडेललाई अटोमोवाईल्स, सहकारी, खेलकुद तथा विभिन्न संघ संस्थाका माध्यमबाट समाज एवं राष्ट्रलाई अझ बढी योगदान पु¥याउन शुभकामना दिए । यता कँडेलले आफ्नो सानो योगदानलाई कदर गरेर फोकस नेपालद्वारा सम्मानित हुन पाउँदा समाज तथा राष्ट्र सेवाप्रति थप जवाफदेहिता बढेको जिकिर गरे ।

Translate »