यात्रुको गन्हाउने पादले उडिरहेको विमान आकस्मिक अवतरण

भदौ ३०, विएना (अस्ट्रिया)
पदुवा यात्रु जसले निरन्तर गन्हाउने पादेका कारण उडिरहेको विमान आकस्मिक अवतरण गर्नु परेको छ । पादका कारण उडिरहेको विमान आकस्मिक अवतरण भएको कहिल्यै देख्नु वा सुन्नु भएको छ ? दुबईबाट नेदरल्याण्डको लागि उडेको एउटा विमान अस्ट्रियाको विएना शहरमा आकस्मिक अवतरण गरिएको खबर अहिले विश्वभर भाइरल बनिरहेको छ ।

उक्त विमानमा यात्रा गरिरहेका एक यात्रुले निरन्तर गन्हाउने पादेका कारण अन्य यात्रुले विमान भित्र बस्न नसकिएको गुनासो निरन्तर गरिएपछि चालक दलले आकस्मिक अवतरण गरेको बताइएको छ । यात्रुहरुले ति पदुवा यात्रुलाई अस्ट्रियामा छाडेर आफ्नो गन्तब्यमा जान माग गरेका थिए । (एजेन्सी )

Translate »