राष्ट्रपतिलाई ज्ञापन पत्र

सुर्खेत, २८ भदौं ।
गौहत्यामा संलग्नलाई कारबाहीको माग गर्दै सुर्खेतस्थित विभिन्न धार्मिक संघ, संघठन र जातिय संस्थाले प्रदेश प्रमुख दुर्गाकेशर खनालमार्फत राष्ट्रिपति विद्यादेवी भण्डारीलाई ज्ञापन पत्र बुझाइएका छन् । विभिन्न धार्मिक संस्थाहरुले नेपाल प्रहरीको अनुसन्धानमा मुख्य दोषीहरुलाई उन्मूक्ति दिइएको आरोप लगाउँदै घटनाका मुख्य दोषीलाई समेत कारबाही हुनुपर्नेमा भरियालाई थुनछेक प्रक्रिया अगाडि बढाएको आरोप लगाए ।

बाँकेबाट ३ सय ७० गौ जीउहरु सुर्खेतकोतर्फ पठाएको भएपनि २ सय ९१ गौ जीउहरु मात्रै आएकाले हालसम्म एक सय ४४ पठाइएको ४५ मृत्यु भएको र बाँकी केही सुर्खेतकै बनजंगल तथा गाउँसहरमा यत्रतन्त्र हिडिरकोे उनीहरुको भनाइ छ । शनिबार प्रदेश प्रमुखसँग पुगेर २२ वटा धार्मिक संघ संस्थाले ज्ञापन पत्र बुझाएको सनातन हिन्दु राष्ट्र नेपाल घोषणा नागरिक संघर्ष समितिका अध्यक्ष प्रेम प्रकाश खड्काले जानकारी दिए ।

Translate »