हुम्लाबाट सुर्खेतका लागि उडेको हेलिकप्टर दैलेखमा अवतरण

भदौ २३, दैलेख ।
हुम्लाबाट सुर्खेतको लागि उडेको माउन्टेन एयरको ’नाइनएन–एएलडी’ हेलिकप्टर दैलेखमा आकस्मिक अवतरण गरेको छ । हेलिकप्टर सोमबार बिहान  हुम्लाबाट सुर्खेतका लागि उडेको प्रहरीले जनाएको छ । मौसम खराब भएका कारण  दैलेख बारुदथानको खुल्ला चौरमा हेलिकप्टर आकस्मिक अवतरण गरेको हो ।

दैलेखका प्रहरी नायब उपरीक्षक हरिबहादुर ओलीले हेलिकप्टरमा चालक दलका तीन जना रहेको जानकारी दिए । मौसम सुधार हुने बित्तिकै हेलिकप्टर उड्ने प्रहरी नायब उपरीक्षक ओलीले बताए ।

Translate »