वर्ड लिङ्कको इन्टरनेट जोड्दा अब टिभी पाइने

भदौ २२, सुर्खेत ।
निजी क्षेत्रको नेपालकै अग्रणी इन्टरनेट सेवा प्रदायक वल्र्ड लिंक कम्युनिकेशन लिमिटेडले दशै, तिहार तथा छठ पर्वको अवसरमा नयाँ स्किम ल्याएको छ । कम्पनीले चाडपर्व लक्षित आइतबार ल्याएको वम्फर अफरमा योजना अन्तर्गत नयाँ ग्राहक बन्दा वा सेवा नविकरण गरेमा इन्टरनेटसँगै नेट टिभी र टिभी सेट उपलब्ध गराउने जनाएको छ । कम्पनीका सुर्खेत शाखा प्रमुख नवराज शर्माले मंसिर ५ गतेसम्म सञ्चालन हुने अफरमा सहभागि हुने ग्राहकलाई सिजीको ३२ ईन्चको एलईडी टिभीसँगै सोही शुल्कमा नेट टिभी जडान गर्न पाइने जानकारी दिए । उनले दशैमा इन्टरनेटसँगै नेट टिभी र टिभी सेट अफर अन्तर्गत ग्राहकले ४३ हजार सात सय ९० रुपैयाँको प्याकेजमा २५ हजार ९ सय ९० रुपैयाँ गर्ने बताए । उनका अनुसार २५ हजार नौ सय ९० रुपैयाँ तिरेपछि सिजी कम्पनीको ३२ इन्चको एलईडी टिभीका साथै एक वर्षसम्म नेट टिभी र इन्टरनेट चलाउन पाइनेछ ।


कम्पनीको २५ एमबिपीएस, ४० एमबिपीएस र ६० एमबिपीएसको सेवा एक महिना, तीन महिना, ६ महिना र एक वर्षका लागि लिँदा अफर प्राप्त गर्न सकिने उनको भनाइ छ । ‘त्यति मात्र होइन, ११ हप्तासम्म वल्र्ड लिंकको नयाँ थपिएका ग्राहक र सेवा नविकरण गरेका ग्राहकबाट लक्की ड्र मार्फत १ सय जनालाई ४३ इन्चको सिजी कम्पनीकै एलईडी टिभी बम्पर उपहार प्रदान गरिने छ,’ उनले भने । उनका अनुसार बम्पर उपहार योजनामा प्रत्येक ग्राहकलाई खल्ती डिजीटल वालेटमा दुई सय ५० रुपैयाँको भौचर समेत प्रदान गरिने छ । कम्पनीले ग्राहकको सुविधालाई ध्यानमा राख्दै किस्ताबन्दीमा समेत इन्टरनेट सेवा प्रदान गरिरहेको छ ।

Translate »