संविधान दिवसमा विशेष छुट

भदौ २२, सुर्खेत ।
सुर्खेत उद्योग वाणिज्य संघले चौथों सविधान दिवसको अवसरमा विशेष छुट दिन आग्रह गरेको छ । संविधान दिवसको अवसर पारेर वस्तुको विक्रीमा छुट दिने संघको निर्णय कार्यान्वयन गर्न वस्तुगत समिति, उद्योगी, व्यवसायीलाई आग्रह गरेको हो । सामाजिक उत्तरदायित्व अन्तर्गत निजी क्षेत्रका तर्फबाट संविधान दिवसका अवसरमा विभिन्न सामानमा विशेष छुटको व्यवस्था गर्न आग्रह गरेको संघका महासचिव लक्ष्मण कँडेलले जानकारी दिए ।

उनले दिवसका अवसरमा तीन दिन विभिन्न कार्यक्रमको आयोजना गरिने जनाए । उनका अनुसार असोज २, ३ र ४ गते साँझ पसल अगाडि दिपावली गर्ने र ३ गते बिहान ७ बजे मंगलगढी चोकमा राष्ट्रिय पोसाकसहित प्रभात ¥यालीको आयोजना गरिएको छ ।

Translate »